रुपन्देहीको जिसस प्रमुखमा नेपाली कांग्रेसका उमाकान्त चपाई निर्वाचित

असार ४, काठमाण्डौ । जिल्ला समन्वय समिति रुपन्देहीमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र लोकतान्त्रिक समाजवादी पार्टी लोसपाको गठबन्धन विजयी भएको छ । जिसस प्रमुखमा नेपाली कांग्रेसका उमाकान्त चपाई २० मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका नरबहादुर घर्ती मगरले १२ मत ल्याए ।

३२ मत रहेको जिल्ला समन्वय समितिको निर्वाचनमा उपप्रमुखमा लोसपाका रामकृपाल धोबीले १६ मत पाएर निर्वाचित हुँदा नेकपा एमालेकी पवित्रा देवी श्रेष्ठले १५ मत ल्याइन् ।

यस्तै महिला सदस्यमा नेपाली कांग्रेसकी बिष्णुमाया सुवेदी जयसवाल दलितरअल्पसंख्यकमा कांग्रेसकै राजमन प्रसाद हरिजन, सदस्यमा कांग्रेसकै अब्दुल मोकिम मुसलमान, ऋषिराम बस्याल, लोसपाका मुकेश कुमार पाण्डे, नेकपा माओवादी केन्द्रकी मञ्जु परियार र लोसपाकी बुधनी चमार निर्वाचित भएका निर्वाचन अधिकृत धनसिंह महराले जानकारी दिए ।

संम्बन्धित समचार

Leave a Reply