धादिङ धार्केमा मलको दुई ट्रक लुटियो, सेटिङमा लुटाईएको स्थानियहरुको भनाई !

असार ४, काठमाण्डौ । धादिङमा सशस्त्र प्रहरीको टोलीले नियन्त्रणमा लिएर काठमाडौं ल्याउँदै गरेको दुई ट्रक मल लुटिएको छ । आज दिउँसो काठमाडौं आउँदै गरेको मल बोकेको दुई ट्रक रासायनिक मललाई स्थानीयले लुटेका हुन् । स्थानीयले अन्दाजी ४०० बोरा मल लुटेको इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरीक्षक अपूर्ण ढुंगानाले जानकारी दिए ।

धुनिबेशी नगरपालिका ६ धार्केमा मल बोकेको दुई ट्रक स्थानीयले रोकेका थिए । एकैचोटि ४०० बढी स्थानीय आएपछि ट्रकसँगै आएको दुई जना सशस्त्र प्रहरीले पनि केही गर्न नसकेको वडाध्यक्ष रमेशप्रसाद आचार्यले जानकारी दिए । कालो बजारीमा बेच्न ल्याईएको मल ब्यापारीहरु फस्ने भएपछि सेटिङमा लुटाईएको मल लिएका अधिकाँश स्थानियहरुको भनाई छ ।

 

 

संम्बन्धित समचार

Leave a Reply