निलकण्ठमा १० दिने मखमल जुत्ता चप्पल बनाउने तालिम सम्पन्न

असार ५,धादिङ । गरिवी निवारणको लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत १० दिने मखमल जुत्ता चप्पल बनाउने तालिम सम्पन्न भएको छ । धादिङवेसीमा आयोजित तालिममा नीलकण्ठ ८ र ९ का गरिब २४ जना महिलाहरु सक्रिय रुपमा लिएका छन्।

समापन कार्यक्रममा निलकण्ठ नगरपालिका प्रमुख भिम ढुंगानाले तालिमले महिलालाई सिपसंगै आयआर्जन गर्ने बाटो खुलेको बताए । नगरप्रमुख ढुंगानाले महिला घरभित्र मात्रै सिमित नभई सिप र तालिमले युक्त भए महिला शसक्तिकरणमा टेवा पुग्ने बताए ।

बागमती प्रदेश सरकारको आर्थिक सहयोगमा नीलकण्ठ नगरपालिकाले आयोजना गरेको उक्त तालिममा मखमलको जुत्ता, चप्पल र किरिङ बनाउने सीप प्रदान गरेको उद्यम विकास सहजकर्ता राधिका अर्यालले अनलाइनकेन्द्रलाई बताइन् ।

तालिम सम्पन्नपछि प्रतिक्रिया दिँदै सिलाई पेशामा आवद्ध नीलकण्ठ–९ की सीता परियारले तालिम लिन पाउँदा अत्यन्त खुसी भएको बताउँदै आफूले उत्पादन गरेका जुत्ता चप्पलको बजार व्यवस्थापन नगरपालिकाले गरिदिए सजिलो हुने बताइन् ।

संम्बन्धित समचार

Leave a Reply