महानगरपालिकाभित्रका घरजग्गा अब भाडामा लगाउनु परे कम्पनीमार्फत गर्नपर्ने !

असार ५, काठमाडौ । महानगरपालिकाभित्रका घरजग्गा अब भाडामा लगाउनु परे कम्पनीमार्फत मात्र काम हुने भएको छ।

धरधनीहरुले बाहिरबाट काठमाडौंमा डेरा गरेर बस्न आउनेहरुबाट मनपरी भाडा असुल्ने र कर पनि नतिर्ने प्रवृत्ति बढेको बेला महानगरपालिकाले यस्तो नीति ल्याएको छ।

स्वतन्त्रबाट निर्वाचित मेयर बालेन्द्र शाह ९बालेन०ले आइतबार पहिलोपटक आर्थिक वर्ष २०७९र०८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन्।

जसमा घरजग्गा बहालसम्बन्धी काम अबदेखि कम्पनीमार्फत गरिने व्यवस्था मिलाइने उल्लेख छ।

नीति तथा कार्यक्रम सार्वजनिक गर्दै मेयर बालेनले अब घरजग्गा बहालमा लिनेदिने काम कम्पनीमार्फत मात्रै हुने व्यवस्था गर्ने बताए।

भाडाको काम कम्पनीमार्फत गर्दा पारदर्शी हुने, कर पनि आउने र उपभोक्ता पनि मारमा नपर्ने महानगरको विश्वास छ।

हालै प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वमा रहेका सरकारका केन्द्रीय अर्थमन्त्री जनार्दन शर्माले पनि आफ्नो नीति तथा कार्यक्रममा घरजग्गा बिक्रीवितरण कम्पनीमार्फत गर्ने नीति लिएका थिए।

मेयर शाहले काठमाडौंमा घरजग्गाको भाडालाई व्यवस्थित गर्न केन्द्र सरकार भन्दा एक कदम अघि बढेर यस्तो नीति ल्याएका हुन ।

संम्बन्धित समचार

Leave a Reply