प्रतिनिधि सभाको बैठक आज बस्दै, आर्थिक विधेयक, २०७९’ माथि छलफल तथा संसदमा प्रस्तुत गर्ने

असार ६, काठमाण्डौ । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे संघीय संसद भवनमा बस्नेछ । आजको बैठकमा विभिन्न विधेयकहरू प्रस्तुत गर्ने कार्यसूची बनेको संसदको सचिवालयले जनाएको छ । गृहमन्त्री बालकृष्ण खाँणले ‘नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय पहिलो संशोधन विधेयक, २०७९’ संसदमा प्रस्तुत गर्ने सम्भावित कार्यसूची तय भएको छ ।

यस्तै ‘आर्थिक विधेयक, २०७९’ माथि छलफल तथा पारितका लागि अर्थमन्त्री जनार्दन शर्माले संसदमा प्रस्तुत गर्नेछन् । आजको बैठकमा ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७९’ माथि छलफल हुनेछ । सो विधेयक पारितका लागि अर्थमन्त्री शर्माले प्रस्ताव गर्नेछन् ।

संम्बन्धित समचार

Leave a Reply