धुनिबेशीका मृगौला रोगी तामाङको उपचार सुरु, जापानबाट आयो ६५ हजार सहयोग

असार ६,धादिङ । धुनिबेशी–६ निवासी रामकुमार तामाङ मिर्गौला रोगले ग्रस्त भएका छन् । उनको एकवटा मृगौलाले काम गर्न छोडेको छ । उनको यतिबेला वडा अध्यक्ष रमेश आचार्यको पहलमा शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ । गत शुक्रबार वडा अध्यक्ष आचार्यको पहलमा केही जनप्रतिनिधिहरुले ७ हजार रुपैया दिएर उपचारका लागि अस्पताल पठाएका थिए ।

तामाङलाई मिर्गोला उपचारको लागि यतिबेला पैसाको अभाव छ । उनी अति बिपन्न छन । सामान्य जिवनयापन गर्दै आएका तामाङको उपचार गर्न अहिले विभिन्न सहयोगी मन देखिएका छन् । यद्यपी उनको मृगौलाको उपचारको लागि निकै नै खर्च लाग्ने बताइएको छ ।

उनलाई सहयोग गर्न चाहनेले वडा अध्यक्ष रमेश आचार्यलाई सम्पर्क गर्नसक्ने बताइएको छ । भने उनको परिवारको सम्पर्क नम्बर ९८०३१०००६३ रहेको छ । वडा अध्यक्ष आचार्यले आफु सँधै दिनदुखी गरिवको निम्ती लागि पर्ने बताउदै आफुले सकेको सहयोग गर्ने बताए । उनले तामाङको लागि सहयोग गर्न अपिलसमेत गरे ।

उनको उपचारको लागि जापानबाट धुनिबेशी–६ निवासी (हाल जापान) रहेका जीवन लामाको पहलमा ६५ हजार नेपाली रुपैया सहयोग प्राप्त भएको छ । जसअनुसार सहयोग गर्नेको सुची यस्तो छ–

जीबन लामा -१०,०००एन
केशव अधिकारी -१०,०००एन
सुदिप के सी -१०,००० एन
लक्ष्मण चन्द -५,००० एन
गोविन्द थकाली -५,०००एन
सुजन खडका -५,००० एन
कुमार मगर -५,०००एन
मिन कुमार शर्मा -४,०००
ज्ञानु थापा -३,००० एन
डि के पुन -३,००० एन
सुजीत ज्वारचन -३००० एन
विक्कल भट्टचन -२००० एन
प्रकाश गुरुङ -५०० एन

संम्बन्धित समचार

Leave a Reply