नेपाली साहित्यमा ‘’हिसाव किताव मिलाउंदै सिरानीको तस्विर संगै अर्को अध्याय ‘’ सार्वजनिक

असार ७, काठमाण्डौ । प्रेमकर्ण छहारी फाउण्डेशनको आयोजना तथा मिडिया पार्टनरको संयोजनमा साहित्यकार निरु न्यौपानेको तीन कृति एकसाथ बिमोचन गरियो । लेखन कुञ्जमा एक भब्य कार्यक्रमको आयोजनाका बीच ‘’सिरानीको तस्विर ‘’ गजलसंग्रह, ‘’अर्को अध्याय ‘’ उपन्यास, का साथै हिसाब किताब नामक म्युजिक भिडियो एकसाथ लोकार्पण गरेर कृतिगत रुपमा उल्लेखनीय उपस्थिति जनाउने उदियमान गजलकार एवं उपन्यासकारको रुपमा परिचित भएकी छन् नीरु न्यौपाने ।

कार्यक्रम प्रा। डा। साबित्री कक्षपति को प्रमुख आतिथ्यता तथा प्रेमकर्ण छहारी फाउण्डेशनका अध्यक्ष रामशरण न्यौपानेको सभापतित्व एवं बिशेष अतिथि ललिजन रावल,एवं अतिथि समिक्षक साहित्यकार डा।रेणुका सोलु समालोचक डा। ज्ञानु अधिकारी कवि कलाकार रमेश पौडेल , कवि कृष्ण प्रसाइको समुपस्थितिमा लोकार्पण कार्यक्रम सुसम्पन्न गरियो ।

प्रमुख अतिथी द्वारा दीप प्रज्वलन गरि औपचारिक रुपमा सुरु गरिएको उक्त कार्यक्रममा बरिष्ठ रेडियोकर्मी कवि एवं कलाकार रमेश पौडेलले स्वागत मनतब्यका क्रममा बोल्दै दुरदेश ९बिदेश ० मा बसेर करिब एक दशक देखि साहित्यकर्म तथा नियमित जीविकोपार्जनका कर्ममा सक्रिय रहंदै आइरहेकी नीरु न्यौपाने नेपाली साहित्य आकाशकी एक सशक्त नारी हस्ताक्षर हुन् साहित्यिक क्षेत्रमा उनको सुन्दर भविष्यको कामना गर्दछु भन्दै उनी सृजनात्मक चेतना भएकी सर्जक रहेको बताएका छन् । यसै क्रममा समालोचक डा। ज्ञानु अधिकारीले सर्जक नीरु न्यौपानेको औपन्यासिक लेखन शिल्पको प्रशंसा गर्दै ‘’जुनसुकै बहानामाा भएपनि मनको अन्तरकुन्तरबाट गरिएको मायामा आत्मा मारेर वा आत्मालाइ रुवाएर सम्बन्धमा पबित्रता खोजिरहनु भन्दा तृप्तिले बढी निर्मल र निखार ल्याउने उनको लेखकीय शिल्पको खुलेर प्रशंसा गरेकी छन् ।

कार्यक्रममा बिशिष्ट अतिथीको रुपमा ललिजन रावलले गजलकार नीरु न्यौपाने भित्रको गजललेखन शैलीको बिस्तृत बिवेचना गरेका छन् ।नेपाली गजलको क्षेत्रमा मोतीराम भट्टदेखि बर्तमान सम्म आइपुग्दा गोरेटो घोडेटो छिचोल्दै राजमार्ग प्रवेश गरि बिभिन्न चरण र कालखण्ड पार गरेको अवस्थामा पनि नेपाली साहित्य क्षेत्रमा गजलको प्रभाव निरंतर बढिरहेको भए तापनि बरिष्ठ गजलकार रावलले यस भित्रका बिकृतिहरु पनि अधिक मात्रामा रहेको तर्फ इंगित गर्दै तर नीरुका गजल लेखनमा सौम्यता रहेको बताएका छन् । उनले यहि लेखन शिल्पको निरंतरता भएमा नीरुबाट नेपाली गजलले अझै फक्रने आशा ब्यक्त गरेका छन् ।

औपन्यासिक कृति ‘’अर्को अध्यायबारे’’ प्रकाश पार्दै समालोचक डा। रेणुका सोलुले कला साहित्यको अनुराग ,प्रेमका लागि समय र भूगोल ले कुनै अशर पार्न सक्दैन भन्ने कुरा बिदेशी भूमीमा श्रम र पसिना खर्च गरेर पनि आफ्नो माटो र नेपाली साहित्य अनि कलाको श्रीबृद्धिमा एउटा ईटा थप्ने कार्यको सुरुवात गरिएकोमा सर्जक नीरु प्रति अपार खुशी ब्यक्त गर्दै नेपाली जनजीवनमा बर्तमानमा देखिएका सापेक्ष कथाको बिषयलाइ कथानक रुपमा बुनेर सुन्दर मणि बनाएकोमा खुशी लागेको बताएकी छन् । नीरुका बिषयबस्तु उठानका गंभीरता अत्यंत सुन्दर रहेता पनि अभिव्यक्त शिल्प बृद्धि गर्नुपर्ने कुरामा जोड दिदै साहित्यिक उन्नयनका सार्थक प्रयास कहिल्यै नथाकुन अबिरल बगिरहुन अबिचलित चलिरहुन् भन्दै शुभकामना ब्यक्त गरेकी छन् । कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै प्रा।डा।साबित्री कक्षपतिले विद्रोह, असन्तुष्टि, आक्रोश, कुण्ठा, असहमति र व्यापक निराशाहरु का साथै उत्साह लाइ कलात्मक रुपले प्रस्तुत गर्न सक्नुनै सहि मानेमा साहित्य सृजना हो । कतिपय सृजनाले बोलेजस्तै अधिकारको नाममा हामीले कतै कर्तब्य बिर्सिरहेका त छैनौं रु यो गम्भीर चासो र चिन्ताको बिषय भएकोले हाम्रा कतिपय आचरण र ब्यवहारहरु समाजले प्रेरणा लिनुपर्ने खालको हुनुपर्ने कुरामा जोड दिंदै समाज र साहित्य एकै सिक्काका दुइ पाटो हुन् दुवैको समान भावना र अशल कर्मका साथ अघि बढ्दा समुन्नत समाजको निर्माण गर्नमा साहित्यले ठूलो भूमिका खेल्ने कुरा ब्यक्त गरेकी छन् ।

कार्यक्रममा सर्जक नीरु न्यौपानेले साहित्यकर्म आफ्नो जीवनको अभिन्न कर्म भएकोले यसमा केवल कोरा कल्पना मात्रै होइन जीवनका यावत पक्षको सु़्क्ष्म बिवेचना अध्ययन र यथार्थताको धरातल पनि रहेको कुरा ब्यक्त गर्दै उपन्यास र गजल ब्यक्तिगत रुपमा आफूले जन्माइएको भएतापनि अवका मितिदेखि यो समजको सामुहिक र सार्वजनिक सम्पत्ति रहेकोले प्राप्त हुने स्वस्थ्य प्रतिक्रियाले आगामी दिनमा मेरो निरंतर काब्य साधना मौलाउंदै झाङ्गिने सुअवसर प्राप्त हुने बिचार ब्यक्त गरेकि छन्

कार्यक्रममा हिसाव किताव नामक म्युजिक भिडियो समेत सार्वजनिक गरिएको थियो । शुभराज अधिकारी द्वारा संचालित उक्त कार्यक्रम सभ्य एवं भब्य रुपमा सम्पन्न गरिएको थियो ।
—जयराम बिडारी

 

संम्बन्धित समचार

Leave a Reply