बुधबार फेरि सेयर बजारमा पहिरो : फेरि ३१.२ अंक घटेर नेप्से १८९३ अंकमा कायम !

असार ८, काठमाण्डौ । बुधबार फेरि सेयर बजारको परिसूचक नेप्से १९ सय अंकभन्दा तल झरेको छ । यसअघि सोमबार १८८४ अंकमा झरेको नेप्से मंगलबार करिब ४० अंक बढेर १९२४ अंकमा कायम भएको थियो । बुधबार फेरि ३१.२ अंक घटेर नेप्से १८९३ अंकमा कायम भएको हो । कारोबार रकम भने १ अर्ब पनि पुगेन । ८४ करोड ३७ लाख रुपैयाँको कारोबार भयो ।

सबै उपसमूहका सूचक घटेका छन् । बैंकिङ १६, विकास बैंक ८९, फाइनान्स ३६, होटल तथा पर्यटन २५, जलविद्युत् ५३, जीवन बीमा १३२, उत्पादन ५७, माइक्रोफाइनान्स ४५, निर्जीवन बीमा १५५, अन्य ३७ र ब्यापार उपसमूह १७ अंक घटे । कुल १९ कम्पनीको मूल्य बढ्दा १७३ को घट्यो भने २ को स्थिर रह्यो । म्युचुअल फण्ड ग्लोबल आईएमई समुन्नत स्किम र आँधिखोला लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । कारोबार रकमका आधारमा नबिल बैंक, नेपाल बैंक, नेपाल लाइफ इन्स्योरेन्स, एनसीसी बैंक र एनआईसी एसिया बैंक क्रमशस् अगाडि रहे । बजारको पुँजीकरण २६ खर्ब ९९ अर्ब कायम भएको छ ।

संम्बन्धित समचार

Leave a Reply