भिमढुंगा–लामिडाँडा सडक कालोपत्रे गर्न ४२ करोड स्विकृत

असार ८,काठमाडौँ ।नागढुंगा–गल्छी सडकको विकल्पको रुपमा रहेको बैकल्पिक सडक भिमढुंगा लामिडाँडा सडकको दोस्रो खण्ड वर्ष यसै वर्ष कालोपत्रे शुरु हुने भएको छ ।

सो सडकलाई प्रदेस –संघ समपुरक योजना अन्तरगत ४२ करोड स्विकृत भएको छ । आव ०७९/८० मा ८ करोड विनियोजन भएको थियो ।

भिमढुंगा–लामिडाडा सडकको प्रगति र बजेटको विषयमा मुख्यमन्त्री राजेन्द्र पाण्डेले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेलसंग विस्तृत छलफल गरेको पाण्डेका प्रमुख स्वकिय सचिव उमेश रुपाखेतीले अनलाइनकेन्द्रलाई जानकारी दिए ।

लामो समयदेखि भिमढुंगा–लामिडाँडा सडक खण्डको विकराल स्थिती रहेको छ । नागढुंगा–मुग्लिन सडक खण्ड विस्तारको क्रममा रहदा भिमढुंगा–लामिडाँडा सडक एउटा महत्वपुर्ण विकल्प हुने सरोकारवालाको बुझाई छ ।

संम्बन्धित समचार

Leave a Reply