बेलकोटगढीमा टेलिकमको समस्या समाधान गर्न निरन्तर पहल, ७ दिनभित्र रिपोर्ट बुझाउने

असार १२,नुवाकोट । बेलकोटगढी नगरपालिकाको कार्यालय आसपासको क्षेत्र र बेलकोटगढीका सबै ठाउँहरुमा टेलिकमको समस्या भएपछि बेलकोटगढीका जनप्रतिनिधिले नेपाल टेलिकम नुवाकोटसंग छलफललाई निरन्तरता दिएको छ । आज आइतबार सदरमुकाम विदुरमा समस्या समाधान गर्नको लागि बेलकोटगढीका प्रमुख जगत बहादुर गुरुङ र टेलिकमको नुवाकोट शाखा प्रमुख बिकाश महर्जन र कार्यलयको टेक्निसियन समूह र बेनपा ३ का अध्यक्ष र नगर प्रबक्ता कृष्ण बहादुर भुजेल लगायतको टिमबीच छलफल भएको हो ।

छलफलपछि नगरपालिकामा भएको समस्या पहिचान गरि ७ दिन भित्र रिपोर्ट बुझाउने र आवश्यक कार्य थालनी गरि दशैँ अगाडि काम सम्पन्न गर्ने प्रतिबद्धता टेलिकम प्रमुख महर्जनले जनाएका छन् । साथै बेलकोटगढी नगरपालिकामा रहेको सुचना समस्या र जनताको गुनासोको रुपमा रहेको सेवालाई प्रभावकारी बनाउनको निमित्त टोल फ्रि नम्बरको अवधारणा शुरुवात गर्ने र टेलिकमबाट पाउने सबै सुबिधा नगरबासीले प्रयोग गर्ने ब्यवस्थाको लागि पहल गर्ने पनि नगर प्रमुख लामाले बताएका छन् ।

Related posts

तपाइलाइ कस्ताे लाग्याे ?