‘बिरोध गर्दैमा मैले राजिनामा दिनुपर्छ भन्ने छ ?’ अर्थ मन्त्री जनार्दन शर्मा

असार १३, काठमाण्डौ । अर्थ मन्त्री जनार्दन शर्माले देश र जनताको पक्षमा आउँदो आर्थिक वर्षको बजेट ल्याएकै कारण विपक्षलाई अनैतिक लाग्दैमा आफूले राजीनामा नदिने स्पष्ट पारे । आज सोमवार राष्ट्रिय सभामा विनियोजित बजेटका विकासमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै मन्त्री शर्माले आउँदो बजेट देश र जनताको पक्षमा ल्याएका कारण विपक्ष दललाई अनैतिक लाग्दैमा आफूले राजीनामा नदिने स्पष्ट पारे ।

मन्त्री शर्माले आउँदो बजेट अर्थ मन्त्रीको व्यक्तिगत नभएर प्रतिष्ठित व्यवसायी, अर्थविद्, नागरिक र सबै सांसदको सुझावको आधारमा ल्याएको दाबी गरे । उनले बजेट कार्यान्वयन गर्दा आयात प्रतिस्थापन, गरिबी हटाउने र मानव विकास सूचकाङ्क वृद्धि गर्ने अङ्क नै बजेटमा समावेश गरिएको बताए ।

 

संम्बन्धित समचार

Leave a Reply