स्वर्गीय शंकर पाठक ‘निर्मोही’ को कविता संग्रह `भावनाको संगालो´ लोकार्पण

असार १८, काठमाडौ । स्वर्गीय शंकर पाठक ‘निर्मोही’ को कविता संग्रह `भावनाको संगालो´ लोकार्पण गरिएको छ । राजधानीमा शनिबार आयोजित एक समारोहका बिच निर्मोहिको कविता संग्रहको लोकार्पण गरिएको हो ।
विमोचन सभाको सभापतित्व प्राध्यापक राम कुमार पाँडेले गर्नुभएको थियो भने, प्रमुख अतिथिका रूपमा वरिष्ठ साहित्यकार तुलसी दिवस रहेका थिए ।

सभामा बोल्दै समीक्षक डा. मित्रवन्धु पौडेलले, ” कृतिभित्र १७३ वटा रचनाहरू रहेको र जसमा गीत, गजल तथा कविताहरू रहेको बताए । जसमा आ- आफ्नै मौलिकता भेटिने बताउदैँ हिमाल पहाड र तराईको समावेशी स्वरूपले पाठकलाई पुस्तकभित्रको रसस्वादन अनुभूति हुने पौडेलले बताए । लेखकले पुस्तकमा २०५७ सालदेखि २०६० सालसम्ममा रचनाहरू समावेश गरेको छन् । जुन रचनाहरू विभिन्न माध्यमबाट कतिपय पाठकहरू समक्ष पुगिसकेका रहेछन् भने, कतिपय पुस्तकमा नयाँ रचनाहरू समावेश रहेको छ । जुन सरल तथा असाधारण कविताहरू कृतिमा समावेश गरिएको पौडेलले बताए।

त्यस्तै, अर्का समीक्षक प्रभा बरालले कवितामा विभिन्न ठाउँको परिवेश तथा परिस्थितिलाई समावेश गरि कविताहरू लेखिएको बताइन। कविको कवित्वपन थाहा पाउन कृति पढ्नु पर्छ । कविताहरू सरल तथा सरस रहेको पनि बरालले बताइन ।
सभाका प्रमुख अतिथि तुलसी दिवसले कोभिडका कारण कृतिकार कविलाई गुमाउनु परेको खबर सुनेर उँहाको सम्मानका लागि उपस्थित भएको बताउदैँ उहाँले जीवनमा केही नयाँ कुराहरू गर्ने सोचमा हुनुहुन्छ भने, गरिहाल्न पनि पाठहरूलाई अनुरोध गरे ।

सभाका प्रमुख अतिथि प्राध्यापक राम कुमार पाँडेले कृतिले कविलाई जिवन्त बनाएको र पहिचान दिलाएको बताउँदै कृति प्रकाशनमा भूमिका निर्वाह गर्नेहरूलाई आभार ब्यक्त गरे । कार्यक्रममा कविकी धर्मपत्नी सावित्रा पाठकलाई दोसल्ला ओढाइ सम्मान गरिएको थियो । उक्त कृतिलाई बजारमा एक्सन डेभलपमेन्ट सेन्टर काठमाडौंको प्रकाशन संस्था आध्यात्मिक पत्रिका ‘कवच’ ले बजारमा ल्याएको हो । संग्रहको सम्पादन शिरोमणि दवाडीले र रचना संकलन शिव प्रसाद पाठकले गर्न भएको हो ।

संम्बन्धित समचार

Leave a Reply