बागमती प्रदेशको चालु आर्थिक वर्षमा ६१ प्रतिशत मात्र विकास खर्च

असार २९, काठमाण्डौ । बागमती प्रदेशको यातायात तथा पूर्वाधार विकास मन्त्रालयअन्तर्गत रहेको यातायात पूर्वाधार निर्देशनालय हेटौँडाले भौतिक पूर्वाधारको विकास तथा निमार्णको कार्यमा चालु आर्थिक वर्षमा ६१ प्रतिशत मात्र खर्च गरेको छ । निर्देशनालयले रु सात अर्ब ४२ करोड ७१ लाख खर्च गरेको छ ।

पूर्वाधार निर्देशनालय तथा मातहतका निकायका लागि चालु आव २०७८र७९ मा रु १२ अर्ब १२ करोड नौ लाख विनियोजन भएको निर्देशनालयका सूचना अधिकारी हरिप्रसाद ओझाले जानकारी दिए । चालु आवमा प्रदेशको यातायात पूर्वाधार निर्देशनालयले सबैभन्दा बढी ८८.६१ प्रतिशत खर्च गरेको छ । निर्देशनालयका लागि चालु आवमा रु ५५ करोड ७९ लाख विनियोजन गरेकामा रु ४९ करोड ४४ लाख खर्च भएको छ ।

निर्देशनालयअन्तर्गत रहेको पूर्वाधार विकास कार्यालय चितवनले ४९.८४ प्रतिशत, पूर्वाधार विकास कार्यालय ललितपुरले ५७.४८, पूर्वाधार विकास कार्यालय काभ्रेपलाञ्चोकले ५३.९६, पूर्वाधार विकास कार्यालय रामेछापले ५४.९९, पूर्वाधार विकास कार्यालय नुवाकोटले ६०.८५, प्रादेशिक सडक डिभिजन कार्यालय धादिङले ५७.१४ र प्रादेशिक सडक डिभिजन कार्यालय सिन्धुलीले ७८.२१ प्रतिशत खर्च गरेको बताइएको छ ।

संम्बन्धित समचार

Leave a Reply