राप्ती हाइड्रोको आइपिओ खुल्यो, कति कित्ता आवेदन दिन पाइन्छ ?

असार २९,काठमाडौँ । राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्शन लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर निष्कासन गरेको छ । कम्पनीले आज बुधवारदेखि सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन ९आईपीओ० को बिक्री खुला गरेको हो । कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्कासन गरेको शेयर बिक्री नभएर बाँकी रहेका ३७ हजार ६ सय २३ कित्तासहित २३ लाख ६६ हजार दुई सय ४० कित्ता शेयर निष्कासन गरेको जनाएको छ ।

निष्कासित शेयरमध्ये तीन प्रतिशत अर्थात् ७० हजार नौ सय ८८ कित्ता कर्मचारीका लागि र पाँच प्रतिशत अर्थात् एक लाख १८ हजार तीन सय १२ कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । यसमा बाँकी रहेको २१ लाख ७६ हजार नौ सय ४० कित्ता शेयरका लागि सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले आउँदो साउन १ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम २१ लाख कित्तासम्म आवेदन दिन सक्ने र त्यस अवधिमा मागअनुसार आवेदन नपरेमा साउन ११ गतेसम्म समय थप हुने सार्वजनिक आह्वान पत्रमा उल्लेख छ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्वा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था साथै ुमेरो शेयरु को वेबसाइट तथा एपमार्फत पनि आवेदन दिन सक्छन् । कम्पनीलाई इक्रा नेपालले इक्राएनपी आईआर बी रेटिङ प्रदान गरेको छ । कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड र सह निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेका छन् ।

संम्बन्धित समचार

Leave a Reply