भूकम्प गएको ७ वर्षपछि ६ सय ६३ सम्पदा पुनर्निर्माण सम्पन्न

असार ३०, काठमाडौं । भूकम्प गएको ७ वर्षपछि ६ सय ६३ सम्पदा पुनर्निर्माण सम्पन्न भएका छन् । पुरातत्व विभागका अनुसार २०७२ साल वैशाख १२ र २९ गते गएको शक्तिशाली भूकम्पका कारण मुलुकभर ९ सय २० वटा सम्पदा क्षतिग्रस्त भएका थियो । तीमध्ये अब २ सय ५७ सम्पदा पुननिर्माण गर्न बाँकी रहेको विभागको भनाइ छ । विभागले हालसम्म ७२ प्रतिशत सम्पदाको पुनर्निर्माण सम्पन्न गरेको छ ।

विभागका प्रवक्ता रामबहादुर कुँवरले क्षतिग्रस्त सम्पदाको पुनर्निर्माण सम्पन्न गर्न अझै ३ वर्ष लाग्ने जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘हामीले विसं २०८१ सालसम्म सम्पन्न गर्ने लक्ष राखेका थियौं । अनुमान गर्दा २०८२ सम्ममा सकिएला जस्तो छ ।’ तथ्याङ्कअनुसार भूकम्पले २८ जिल्लाका ९ सय २० सम्पदा क्षतिग्रस्त भएको थियो ।

 

संम्बन्धित समचार

Leave a Reply