७५ देशमा फैलिसकेको मङ्कीपक्स भाइरस भारतमा पनि देखियो

असार ३२,काठमाडौँ । विश्वभर झण्डै ७५ देशमा फैलिसकेको मङ्कीपक्स भाइरस भारतमा पनि देखिएको छ । जुलाई १४ मा, केरलाको कोल्लम जिल्लामा भारतको पहिलो मङ्कीपक्स केस पहिचान भएको छ । सङ्क्रमण पहिचान भएको व्यक्ति भर्खरै युएईबाट केरला फर्केका थिए ।

हालसम्म विश्वमा ११ हजारभन्दा बढी मङ्कीपक्स पाइएको छ । सङ्क्रमितको ८० प्रतिशत हिस्सा युरोपमा मात्र पहिचान भएका छन् । ​मङ्कीपक्स भाइरसको इन्क्युबेशन अवधि (सङ्क्रमणदेखि लक्षण देखा पर्ने अवधि) सामान्यतया ७–१४ दिन हुन्छ, तर केहीमा भने भाइरस शरीरमा प्रवेश गरेको २१ दिनपछि पनि लक्षण देखिएको पाइएको छ ।

 

संम्बन्धित समचार

Leave a Reply