बोरिङ खन्ने क्रममा ग्याससहितको लेदोमाटो निस्कियो ! (भिडियोसहित)

साउन ३,काठमाडौँ । काठमाडौंको जोरपाटीमा बोरिङ खन्ने क्रममा ग्याससहितको लेदोमाटो निस्किएको छ। स्थानीय सन्तवीर लामाको घरमा बोरिङ खन्ने क्रममा मंगलबार बिहान लेदो माटोसहितको फोहरा निस्किएको प्रहरीले जनाएको छ।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले जोरपाटी चोक नजिक बिहान ३०० फिट खनेपछि सुरुमा ग्यासजस्तो पदार्थ देखिएको र पछि लेदो मिसिएर आएको जानकारी दिए।

फोहरा घरभन्दा माथि पुगेकाले वरपरका अन्य केही घरमा समेत लेदोमाटो पुगेको छ। उक्त घटनाको अनुसन्धानका लागि खानी तथा भूगर्भ विभागका अधिकारीलाई बोलाइएको प्रहरीले जनाएको छ। अहिले सो क्षेत्र सुरक्षा सतर्कता अपनाइएको छ।

भिडियो सौजन्य: रामेश्वर चौलागाई

संम्बन्धित समचार

Leave a Reply