सर्वनामको थिएटरमा गीतिनाटक ‘’सपना अनेक अनेक ‘’

काठमाण्डौ ,नेपाली नाट्यक्षेत्रमा सुप्रसिद्ध नाम सर्वनामले साहित्यकार गीता खत्री द्वारा लिखित खण्डकाब्य ‘’आमा हुन् आमा ‘’ मा आधारित सपना अनेक अनेक गीति नाटक तयार पारि सर्वनामको थिएटरमा प्रीमियर शो प्रदर्शित गरेको छ ।

प्रख्यात रंगकर्मी अशेष मल्लको परिकल्पना तथा निर्देशन संगै राजु सिंहको संगीत एवं लोकप्रिय गायक सत्यराज आचार्य र गायिका बानिका प्रधानको साथै नृत्यकलामै स्नातकोत्तर सम्मको अध्ययन गरेकी प्रमिला कार्की उप्रेतीको कोरियोग्राफि एवं कलाकारहरु मनोज महर्जन , धिरज थापा मगर, शु-गुँ , रबिना परियार , निरीक्षा घतानी , भावना उप्रेती , र मिलन शाक्यको बेजोडको प्रस्तुतिले नाटक जीवन्त बनेको छ । यसै गरि प्रा. डा. साबित्री कक्षपतीको ब्यवस्थापकीय संयोजन पासलाक्पा शेर्पाको कलासंयोजन का साथै राजु शाहको प्रबिधि संयोजन लगायतको सम्पूर्ण टिमको उचित ब्यवस्थापनले नाटकले प्राणतत्व संचार गर्न सफल भएको छ ।

कोरोना कहरको लामो बिश्राम पछि नेपाली नाटक पारखी हरुका लागि एउटा फरक स्वाद र प्रस्तुति लिएर सर्वनामको यात्रा अघि बढेकोमा नाटकको अर्ग्यानिक स्वादमा रमाउन चाहने बर्गहरुमा एउटा उत्शाह देखिनु स्वभाविकै हो । नेपाली रंगमञ्चको क्षेत्रमा देवकोटाको मुना मदन , माधव घिमिरेको मालती मंगले लगायत जीवन शर्माका ठूली गीतिनाटक मञ्चन गरिए तापनि सर्वनामको करिव ४५ बर्षको इतिहासमा पहिलोपटक साहित्यकार गीता खत्रीको आमा हुन् आमा खण्डकाब्य अन्तर्गत सपना अनेक अनेक मन्चन गरिएको भएपनि निर्देशक तथा परिकल्पनाकार अशेष मल्लले आफ्नो निर्देशकिय कौशललाइ सुन्दर रुपमा प्रस्तुत गरि रोचकता प्रदान गर्दै गीतिनाटकको मूलमर्मलाइ न्याय प्रदान गरेका छन् ।

सपना अनेक अनेकमा देशको युवापुस्ताको समकालीन परिवेशमा आधारित देश छोडेर दुरदेश (अमेरिका) जाने सपना र त्यहि सपनाका कारण सिर्जित रोदनका बीचमा देशप्रतिको प्रेम र तडपनलाइ प्रमुखता प्रदान गरिएको भएपनि आफ्नै माटो (नेपाल आमा ) र बाटोको बियोगलाइ मातृभूमि प्रतिको अगाध मायालाइ परिघटनामा कथाले समेटेको छ । तर कथाको प्रवाहलाइ कुशल अनुभवी अनि शिल्पी संगीतकार राजु सिंहको शब्दको भावानुसारको संगीत सृजनाले अनि त्यही भावलाइ आत्मसात गर्न सक्ने योग्यता सहितको लोकप्रिय गायक गायिका सत्यराज आचार्य र बानिका प्रधानको सुमधुर स्वर का साथै कुनै संवादबिना गीत र संगीतसँगै कलाकारले शरीरको अभिव्यक्तिका आधारमा प्रस्तुति गर्नुका साथै गीति नाटकको समग्र भावलाई केन्द्रमा राखेर प्रस्तुत गर्नुपर्ने पूर्ण प्रशिक्षित कलाकारको जादुभरि अनि जीवन्त अभिनयले दर्शकलाइ पूर्ण रुपमा बांधेर राख्न सफल छ । गीतिनाटक यहि साउन ५ गतेदेखि २१ गतेसम्म बिहीबारबाहेक हरेक दिन साँझ साढे ५:३० बजे र शनिबार १ बजे अतिरिक्त शो प्रदर्शन हुनेछ ।

संम्बन्धित समचार

Leave a Reply