नुवाकोट गोल्डकप : सेमिफाईनलको पहिलो खेलमा थ्रि–स्टार र आयोजक टिम भिड्दै

जेठ २३,नुवाकोट । विभागीय नेपाल पुलिस क्लब नुवाकोटमा जारी विशाल सिमेन्ट नुवाकोट गोल्डकप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनलको खेल आज बाट सुरु हुँदैछ । रुस्लान थ्री स्टार क्लब र आयोजक नुवाकोट–११ बीच आज पहिलो सेमिफाइनल खेल हुनेछ ।

थ्री स्टारले मदन भण्डारी स्पोर्टस् एकेडेमी र नुवाकोटले फ्रेन्ड्स क्लब कुपन्डोललाई पराजित गर्दै अघि बढेको थियो । नुवाकोट जिल्ला फुटबल संघ र नुवाकोट खेलकुद विकास समितिको आयोजनामा भैरहेको प्रतियोगिताको विजेताले ५ लाख र ३ लाख प्राप्त गर्नेछन् ।

यसअघि नुवाकोट बट्टारस्थित खेल मैदानमा मंगलबार भएको क्वार्टरफाइनलमा पुलिसले रुपन्देही–११ माथि ३–० को सहज जित निकाल्दै अन्तिम चारमा स्थान बनाउन सफल भएको हो ।
पुलिसको जितमा सुमन लामाले २ तथा अभिषेक रिजालले १ गोल गर्नुभयो । एक पक्षीय बनेको खेलमा पुलिसले खेलको ३० औं मिनेटमा अभिषेकको गोलबाट सुरुवाती अग्रता बनाएको थियो ।

संम्बन्धित समचार

Leave a Reply