ग्राहकलाई गुणस्तरिय सेवा प्रदान गर्नु नै आइपे रेमिटको सवल पक्ष हो

नेपालमा रेमट्यान्स क्षेत्र यतिबेला स्थिर अवस्थामा रहेको छ । विश्वभर कोरोना महामारी फैलिएपछि रेमिट्यान्स क्षेत्रमा पनि नराम्रो प्रभाव पर्यो । यतिबेला विस्तारै यो क्षेत्रले गति लिँदैछ । रेमिट्यान्सको बजारमा आइपे रेमिट पनि एक भरपर्दो,विश्वासिलो र सहज रेमिट कम्पनी हो । नेपाली काम गर्ने प्राय मुलुकबाट पैसा पठाउन सकिने यो रेमिटले आम नेपालीलाई सरल सेवा दिइरहेको छ । यसै सन्दर्भमा रहेको आमीले आइपे रेमिटका बजार प्रमुख रुपनारायण श्रेष्ठसंग हामीले कुराकानी गरेका छौँ ।

नेपाली रेमिट्यान्सको क्षेत्रमा आइपे रेमिट यतिबेला कस्तो स्थितीमा छ ?

आई पे रेमिट प्रा.लि विगत १० वर्ष देखि रेमिट्यान्स क्षेत्रमा सेवा दिँदै आइरहेको छ । मलेशिया, दुवै, कतार, जापान,कोरीया लगायत विश्वका विभिन्न मुलुकबाट सुरक्षित, सरल र भरपर्दो रेमिट्यान्स सेवा दिइरहेका छौँ ।

विदेशस्थित विभिन्न क्षेत्रमा काम गर्ने नेपालीले आइपे रेमिटलाई गरेको विश्वासलाई कसरी लिनुहुन्छ ?

ग्राहकहरुले हामीप्रति दिनुभएको माया, साथ र विश्वास लगायत व्यवसाय गर्नलाई प्रदान गर्नुभएको ऊर्जा देख्दा एकदमै खुसी लाग्छ । यी सम्पुर्ण कुराहरुको साथ र विश्वासले नै आज हामी यो स्थानमा आईपुगेका छौँ । जसरी आजसम्म हामीलाई माया र विश्वास गर्नुभयो । यसरी नै आगामी दिनमा पनि माया र विश्वास गर्नुहुन्छ भन्ने आशा लिएका छौँ ।

नेपाली बजारमा विभिन्न किसिमका रेमिट्यान्स रहेका छन, खासमा आइपे रेमट नै रोज्नुपर्ने कारण के छ ?

एकदमै सकारात्मक र प्रभावकारी प्रश्न, हामीचाहे सुखमा होस चाहे दुखमा हरपल हरदम कसरी हुन्छ ग्राहकर्वगको सन्तुष्टी खोजीरहेका हुन्छौ । रेमिट्यान्स व्यवसाय पुर्णतया सेवामा नै निर्भर हुने हँुदा हाम्रो ग्राहकर्वगहरुलाई राम्रो सेवा सुविधा र निरन्तरता कायम गर्नु नै हाम्रो सवल पक्ष हो ।

यतिबेला विश्वभर नै आर्थिक मन्दी लागिरहदा नेपाली रेमिट्यान्सको अवस्थामा कस्तो पाउनुभएको छ ?

कोभिड–१९ पछि हाल सम्पुर्ण व्यवसायहरु चलायमान हुदै गइरहेको छ । पछिल्लो पाँच वर्षको तथ्याङ्क र्हेने हो भन्ने पनि यो समय वैदेशिक रोजगारीमा जानेको संख्यामा तिव्र वृद्धि भइरहेको देखिनुका साथै रेमिट्यान्स आउने क्रममा पनि सुधार भएकाले अब आउने वर्षहरुमा रेमिट्यान्स आप्रवाहमा वृद्धि हुने कुरामा ढुक्क हुन सकीने आधार छ ।

नेपाली अर्थतन्त्र खासमा भन्ने हो भने रेमिट्यान्सले धानेको अवस्था छ , गतबर्ष भन्दा यसपाली रेमिट्यान्सको स्थिती के छ ?

कोभिड–१९ ले प्रभाव परेको वैदेशिक रोजगार पछिल्लो समय विदेश जानेको संख्यामा आएको वृद्धि, श्रम कार्यालयको डाटालगायत नेपाल राष्ट्र बैँकको रेमिट्यान्स आप्रवाह बढेको डाटाले पनि गतवर्ष भन्दा अव आउने वर्षमा रेमिट्यान्सको स्थिति राम्रो देखिन्छ ।

सरकारले रेमिट्यान्सलाई उत्पादनमा लगाउने भन्दै आएको छ तर यो कार्यान्वय हुन सकिरहेको छैन् यसको समस्या कहाँ देख्नुहुन्छ तपाई ?

समस्या भन्दा पनि निति तथा नियम प्रभावकारी ढंगवाट कार्यान्वयन नभएको जस्तो लाग्छ । हामी अझै पनि विदेश कसरी जाने भन्ने पक्षमा मात्रै जोड गरिरहेका छौँ । आफु जाने देश, आफुले गर्ने काम कुनै पनि विषयमा संवेदनशिल भएर सोच्ने गरेका हुदैनौँ र सरोकारवाल पक्षले पनि त्यस कुरालाई खासै वास्ता गरिएको पाइदैन । सरकारले विदेश जानको लागि निश्चित मापदण्ड तयार गरि जाने देशको भाषा, संस्कृति र के काममा जान लागेको त्यस कामको लागि तालिम दिएर पठायो भने विदेशमा गएर दुख पनि पाइदैन र कमाइ पनि राम्रो हुन्छ । जसले गर्दा रेमिट्यान्स अप्रवाहमा पनि वृद्धि हनुका साथै विदेश जाने सख्यालाई पनि कम गर्न सकिन्छ । सरकार जिम्मेवार भएर लाग्यो भन्ने र व्यक्ति आफै पनि सचेत भयो भन्ने पक्कै पनि रेमिट्यान्सबाट आएको रकम उत्पादन क्षेत्रमा लगाएर रोजगारी सृजना गर्न सकिन्छ ।

अझैपनि विदेशमा काम गर्ने नेपालीले अवैध बाटोबाट पैसा पठाउने गरिहरेका छन्, बैद्य बाटोबाट रेमिट्यान्स भित्र्याउन सरकारले कस्तो निती अपनाउनुपर्ला ?

विभिन्न किसिमको प्रलोभनमा परेर अवैध वाटो रोजेको हुन्सक्छ । हालै आयको वर्षिक वजेट र नेपाल राष्ट्र बैंकको मौद्रिक नितिले अवैध कारोवारलाई केहि हद सम्म रोक्ने देखिन्छ । त्यसका साथै विदेश जानुअघि नै अवैध च्यानलबाट पैसा पठाउदा त्यस्तो कारोवारबाट भविष्यमा आफु लगायत राष्ट्रलाई नै घाटा हुने कुरा बुझाउन सकियो भन्ने अवैध च्यानलबाट आउने क्रम रोकिएला जस्तो लाग्छ । साथै विभिन्न किसिमको प्रोत्साहन योजना, वैद्य च्यानलबाट पैसा पठाएको प्रमाणको आधारमा श्रम स्विकृती लिदा सहुलियतलगायत व्यवसाय गर्दा बैंक तथा वित्तिय संस्थावाट सहुलियतपुर्ण कर्जाको सुविधा दिदा पनि अवैध च्यानलबाट आउने क्रम रोकिएला ।

संम्बन्धित समचार

Leave a Reply