एनएसएलपछि सहिद स्मारक लिग हुने

साउन २७, काठमाडौ । अखिल नेपाल फुटबल संघ एन्फाका पदाधिकारीहरू जिम्मेवारीको लोभमा आन्तरिक खिचातानी रुमल्लिएर प्रतियोगिताहरूलाई अनिश्चित बनाएको भन्दै खेलाडीहरूले सामाजिक सन्जालमा आवाज उठाउन थालेपछि एन्फाले सहिद स्मारक ‘ए’ डिभिजन लिग र नेपाल सुपर लिग एनएसएलको मिति तोकेको छ ।

एन्फा कार्यसमितिको बिहीबार भएको बैठकपछि महासचिव किरण राईले भने, ‘ए डिभिजन लिग पुस ८ देखि चैत ४ सम्म आयोजना गर्ने निर्णय गरेका छौं । यसलाई विशेष साधारणसभाले अनुमोदन गरेपछि कार्यान्वयनको प्रक्रियामा जानेछौं । ‘बी र ‘सी’ डिभिजन लिगको मिति साधारणसभामै प्रस्ताव गरिनेछ ।

राष्ट्रिय लिगसहित वार्षिक क्यालेन्डरकै बारोमा छलफल भयो तर निर्णय भएको छैन । एनएसएल आयोजनाका लागि पनि मिति तोकिदिएका छौं ।’ कतारमा विश्वकप फुटबल सकिएको एक साताभित्रै नेपालको मुख्य प्रतियोगिताको मिति तोकिएको हो । विशेष साधारणसभा असोज १२ गते गर्ने निर्णय भएको छ । त्यसमा कार्यसमितिका दुई सदस्यका निम्ति निर्वाचन हुनेछ ।

संम्बन्धित समचार

Leave a Reply