नेपाली राष्ट्रिय क्रिकेट टोलीको केन्या भ्रमण तालिका सार्वजनिक

साउन २८, काठमाण्डौ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले केन्यासँग ५ खेलको टी–२० र ३ खेलको एकदिवसीय शृङ्खलाको तालिका सार्वजनिक भएको छ । नेपाल र केन्याबीच सुरुमा ५ खेलको टी–२० र त्यसपछि एकदिवसीय खेल हुनेछ । शृङ्खलाका लागि नेपाली टोली भदौ ७ मा केन्या पुग्ने तालिका रहेको छ ।

५ खेलको टी–२० शृङ्खला भदौ ९ गतेदेखि १४ गतेसम्म हुनेछ । त्यस्तै ३ खेलको एकदिवसीय शृङ्खला भदौ १७ देखि २० गतेसम्म हुनेछ । यी खेल नैरोवीमा रहेको जीमखाना मैदानमा हुनेछन् ।

संम्बन्धित समचार

Leave a Reply