यूएईमा आदिवासी महोत्सव-२०२२ हुँदै

साउन २८,काठमाडौँ । आदिवासी जनजाति महासंघ यूएईले २८ औँ अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवसको अवसरमा आदिवासी महोत्सव २०२२ गर्ने भएको छ। आइतबार दुबई सहरस्थित बरदुबईको क्लब एभरेष्टमा नेपाली आदिवासी महोत्सव-२०२२ हुने भएको हो।

उक्त कार्यक्रममा आदिवासी जनजातिहरूको स्टल, पुरातात्त्विक महत्त्व बोकेका भेषभूषा र कला,सांस्कृतिक झाँकी प्रदर्शन हुने आदिवासी जनजाति महासंघ यूएईकी अध्यक्ष विजय लक्ष्मी राईले जानकारी दिइन्। स्थानीय कलाकारहरूको समेत प्रस्तुत रहने उक्त कार्यक्रममा आदिवासी युवाहरूको व्यक्तित्व विकासका लागि मिस्टर एण्ड मिस इन्डेजिनस-२०२२ प्रतियोगिता समेत रहेको छ।

संम्बन्धित समचार

Leave a Reply