चन्द्रपुर उद्योग बाणिज्य संघको ७ औँ अधिवेशन सम्पन्न, सुमार्गीले भने-केन्द्रबाट आवश्यक सहयोग हुन्छ

साउन २८,रौतहट । चन्द्रपुर उद्योग बाणिज्य संघको ७ औँ अधिवेशन तथा सपथ ग्रहण,प्रमाणपत्र वितरण तथा पदस्थापन समारोह कार्यक्रममा कृषि उद्यम केन्द्रका सभापति तथा उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य अरुणराज सुमार्गीले नवनिर्वाचित कार्यसमितलाई बधाई दिँदै चन्द्रपुर उद्योग बाणिज्य संगलाई केन्द्रसंग जोड्न आफ्नो सहयोग रहने बताएका छन् । सुमार्गीले संघलाई बलियो बनाउन सबैलाई समेटेर लैजान समेत आग्रह गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै सुमार्गी संघमा महिला उद्यागीलाई समेट्न पर्नेमा जोड दिए । उनले चन्द्रपुर उद्योग बाणिज्य संघको भवन निर्माणमा आफुले सकेको सहयोग गर्न तयार रहेको बताए । उनले कृषि उद्यम केन्द्रले नयाँ नयाँ उत्पादनमा जान खोजिरहेको बताउदै परम्परागत खेती र उब्जनीले कृषि कहिल्यै उद्योग बन्न नसक्ने जिकिर गरे । उनले कृषिको आधुनिकिकरणमा केन्द्रले काम गरिरहेको बताउदै उत्पादनमुखी कृषि नै आजको आवश्यकता भएको धारणा व्यक्त गरे । अधिवेशन कार्यक्रममा सभापतिमा संघका निर्वतमान अध्यक्ष सुनिल जैसवाल रहेका थिए ।

त्यसपछि नवनिर्विाचित अध्यक्ष उदयसुरेन सापकोटाले बाँकी कार्यक्रमको सभापतित्व गरेका थिए । कार्यक्रममा मधेस प्रदेशका महिला बालबालिका,युवा तथा खेलकुद मन्त्री बिरेन्द्रप्रसाद सिंहले संघले सञ्चालन गर्नेगरी एउटा व्यायमशाला स्थापना गर्न मन्त्रालयले सहयोग गर्ने बताए । त्यसैगरी प्रदेश सभा सांसद धनलाल थोकर २० लाख रुपैया संघको भवन निर्माणको लागि आफ्नो निर्वाचन क्षेत्र कोषबाट सहयोग गर्ने प्रतिबद्धता जनाए ।

उता चन्द्रपुर नगरपालिकाबाट १० लाख रुपैया सहयोग प्रतिबद्धता भएको नवनिर्वाचत अध्यक्ष सापकोटाले अनलाइन केन्द्रलाई जानकारी दिए । आजको कार्यक्रम हलबाट व्यक्तिगत ४ लाख १८ हजार ८ सय ६१ रुपैया संकलन भएको सापकोटाले जानकारी दिए । भवन साढे ३ तलाको बन्नेछ । चन्द्रपुर नगरपालिका वडा न ६को अस्पतालसंगै बन्न लागेको भवन निर्माण ३ बर्षभित्र सम्पन गर्ने लक्ष्य रहेको छ । भवनको भाद्र ३ गते शिलान्यास गर्ने तयारी रहेको अध्यक्ष सापकोटाले जानकारी दिए । कार्यक्रममा जितपुरसिमरा उद्योग बाणिज्य संघका अध्यक्ष मोहन शर्मा लगायत विभिन्न उद्योगी,व्यापारीको उपस्थिती रहेको थियो ।

संम्बन्धित समचार

Leave a Reply