प्रिमियर लिग : म्यानचेस्टर सिटीको फराकिलो जित

साउन २९, काठमाण्डौ । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटीले फराकिलो जित निकालेको छ । गएराति भएको खेलमा सिटीले बर्नमाउथलाई ४–० गोलले पराजित गरेको हो ।

घरेलु मैदानमा सिटीका इल्के गुन्डोगान, केभिन डी ब्रुएन र फिल फोडेनले एकरएक गोल गरे । बर्नमाउथका जेफर्सन लेर्माले आत्मघाती गोल गरे । जितसँगै सिटीले नयाँ सिजनमा लगातार दोस्रो जित निकालेको छ ।

संम्बन्धित समचार

Leave a Reply