हत्याका आरोपीलाई फाँसीको माग गर्दै वीरगञ्जमा प्रदर्शन

साउन २९,विरगञ्ज । बाराको विश्रामपुर गाउँपालिका– ५ ईटियाहीका बासिन्दाले आइतबार वीरगञ्जमा प्रदर्शन गरेका छन् । गाउँकै २३ वर्षीय राजकुमार ठाकुरको हत्यामा संलग्नलाई फाँसी दिनुपर्ने माग राखेर उनीहरुले वीरगञ्जमा प्रदर्शन गरेका हुन् ।

मुलुकी अपराध संहितामा ज्यान मार्ने कसुरमा संलग्न रहेको व्यक्तिलाई जन्म कैदको सजाय हुने व्यवस्था छ । फाँसीको सजाय गर्ने व्यवस्था कानुनमा छैन ।

राजकुमारको हत्यामा संलग्न व्यक्तिहरुलाई फाँसी दिनुपर्ने माग उनीहरुको थियो । गत साउन २५ गते वीरगञ्ज ट्युसन पढ्न आएका राजकुमार घर फर्किएनन् । परिवारले आफन्त र साथीभाइकोमा खोजतलास गरे ।

नभेटिएपछि जिल्ला प्रहरी कार्यालय बारामा साउन २६ खोजीका लागि निवेदन दिए । प्रहरीले खोजतलास गर्ने क्रममा साउन २७ गते भारतको बिहार भागलपुर जिल्लाको भागलपुर रेल्वे स्टेशन नजिकै राजकुमारको शव भेटियो । भारतीय प्रहरीसँगको समन्वयमा शव वीरगञ्ज ल्याई सकिएको प्रहरीले जनाएको छ ।

संम्बन्धित समचार

Leave a Reply