टान निर्वाचन आज: त्रिपक्षिय भिडन्तमा कसले मार्ला बाजी ?

साउन ३०,काठमाडौँ । ट्रेकिङ एजेन्सीस् एसोसिएसन अफ नेपाल (टान) क‍ो नयाँ नेतृत्वका लागि आज निर्वाचन हुँदैछ । राजधानीको होटल हायातमा वार्षिक साधारणसभासहित हुने टानको निर्वाचनले १ अध्यक्ष, १ वरिष्ठ उपाध्यक्ष, २ उपाध्यक्ष, १ महासचिव, १ सचिव, १ कोषाध्यक्ष, १ सहकोषाध्यक्ष र ९ सदस्यहरु गरी कुल १७ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गर्नेछ ।

सोही निर्वाचनका लागि १७ पदमा कुल ३७ जनाको उम्मेदवारी परेको छ । तीन प्यानलसहित व्यवसायीहरु चुनावी मैदानमा उत्रिएका छन् । एक प्यानलको नेतृत्व व्यवसायी निलहरी बास्तोलाले गरेका छन् भने दोस्रो प्यानलको नेतृत्व रामप्रसाद सापकोटा ९कमल० र तेस्रो प्यानलको नेतृत्व बोधराज भन्डारीले गरेका छन् ।

अध्यक्षका प्रत्यासी निलहरी प्यानलमा नेकपा एमाले, नेपाली काँग्रेस र नेकपा ९एकीकृत समाजवादी० समर्थित व्यवसायी ध्रुवीकृत छन् भने अर्कोतर्फ अध्यक्षका उम्मेदवार कमलको प्यानललाई माओवादी समर्थित व्यवसायीको साथ छ ।

यता व्यवसायी बोधराज भण्डारीले भने स्वतन्त्रबाट अध्यक्षमा आफूसहित वरिष्ठ उपाध्यक्ष र एक सदस्य मैदानमा उतारेका छन् ।

को कसको प्यानलबाट लड्दैछन् ?

बास्तोला प्यानल

व्यवसायी निलहरी बास्तोला प्यानलबाट वरिष्ठ उपाध्यक्षमा कृष्ण प्रसाद दाहाल, प्रथम उपाध्यक्षमा प्रदिप पण्डित, द्वितीय उपाध्यक्षमा धन बहादुर गुरुङ, महासचिवमा बिनोद सापकोटा९बाबु०, सचिवमा होमनाथ भट्टराई, कोषाध्यक्षमा पुरुषोतम तिमल्सिना र सह–कोषाध्यक्षमा छिङ दोर्जी शेर्पा चुनावी मैदानमा छन् ।

यस्तै सदस्यहरुमा गणेश बहादुर अधिकारी, कुमार लामा, नविननाथ देबकोटा, लाक्पा दोर्जेशेर्पा, सजना त्रिपाठी, हेम कार्की, सुवास भण्डारी, राजु अर्याल र राम बन्जाराले समेत बाँस्तोलाको प्यानलबाट सदस्यमा आ९आफ्नो उम्मेदवारी दिएका छन् ।

सापकोटा ​प्यानल

व्यवसायी सापकोटा प्यानलबाट वरिष्ठ उपाध्यक्षमा सरिता लामाले उम्मेदवारी दिएकी छन् । यस्तै, प्रथम उपाध्यक्षमा देवेन्द्र पोखरेल, द्वितीय उपाध्यक्षमा दावा लामा तामाङ, महासचिवमा नरध्वज तामाङ ९क्षितिज०, सचिवमा हरि कडरिया, कोषाध्यक्षमा प्रमिला देवकोटा पाण्डे र सहकोषाध्यक्षमा रिन्जी जाङ्बु शेर्पाले उम्मेदवारी दिएका छन् ।

यस्तै सदस्यहरुमा दोर्जे तामाङ, बिनोद वस्ती, राजेश थपलिया, कान्छा गुरुङ, निर्मला सापकोटा खनाल, कृष्ण बहादुर परियार, रामचन्द्र लामिछाने, शरण अधिकारीले उम्मेदवारी दिएका छन् ।

स्वतन्त्रबाट

स्वतन्त्रतर्फबाट भण्डारीले टानको अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् । उनीसँगै स्वतन्त्रबाटै वरिष्ठ उपाध्यक्षमा गणेश न्यौपाने र एक सदस्यमा गणेश बहादुर न्यौपानेले उम्मेदवारी दिएका छन् । टान विशुद्ध व्यवसायिक संगठन भएकाले कुनै राजनीतिक गन्धबाट टाढा राख्नुपर्ने भन्दै आफूहरुले स्वतन्त्रबाट उम्मेदवारी दिएको भण्डारीको भनाइ छ ।

संम्बन्धित समचार

Leave a Reply