प्रजातन्त्रवादी नेत्री आङ सान सुकीलाई थप ६ वर्षको जेल सजाय

साउन ३१,काठमाडौँ । म्यानमारको एक अदालतले अपदस्थ नेत्री आङ सान सुकीलाई थप ६ वर्षको जेल सजाय सुनाएको छ । भ्रष्टाचारको चार वटा मुद्दामा दोषी ठहर गर्दै अदालतले नेत्री सुकीलाई ६ वर्षको जेल सजाय सुनाएको भारतीय सञ्चारमाध्यम एनडीटीभीले जनाएको छ ।

सेनाको विशेष अदालतले कलावाङ वन भूमिसँग जोडिएका तीन वटा भ्रष्टाचारको मुद्दामा सुकीलाई तीन वर्षको सजाय सुनाएको हो । यसका साथै एक बिल्डिङ प्लान्टसँग जोडिएको मुद्दामा पनि तीन वर्षको सजाय सुनाएको छ ।

७७ वर्षीया नोबेल पुरस्कार विजेता सूचीलाई यसअघि नै ६ वटा मुद्दामा दोषी ठहर गर्दै ११ वर्षको जेल सजाय तोकिसकिएको छ । म्यान्मारमा सैन्य शासनको कट्टर विरोधीमध्येकी एक सुकीमाथि भ्रष्टाचार तथा चुनावी उल्लङ्घनलगायतका १८ वटा अपराधको आरोप लागेको थियो । ती विभिन्न आरोपमा एक सय ९० वर्षभन्दा धेरैको सजाय तोकिसकेको छ । तर सुकीले आफूमाथि लागेको आरोपको खण्डन गर्दै आउनुभएको छ ।

सन् २०२१ को फेब्रुअरी १ मा सेनाले सत्ता हातमा लिएर सुकीलाई पक्राउ गरेको थियो ।

संम्बन्धित समचार

Leave a Reply