राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रसूति सेवा नि.शुल्क भएपछि सेवाग्राहीको भिड

भाद्र १,दाङ। घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रसूति सेवा नि.शुल्क भएपछि सेवा लिनेको सङ्ख्या बढेको छ । पछिल्लो एक महिनामा एक सय भन्दा बढी महिलाले नि.शुल्क प्रसूति सेवा पाएका छन् । प्रतिष्ठानले बैशाख १ गतेदेखि निस्शुल्क प्रसूति सेवा दिन थालेपछि सुत्केरी हुन आउने महिलाको सङ्ख्या पछिल्लो समय बढेको प्रतिष्ठानका रजिष्ट्रार प्रकाश थापाले बताए । उनका अनुसार आईसीयू, भेन्टिलेटर, बच्चाको लागि एनआईसीयू, पीआईसीयू सेवासहित विशेषज्ञ चिकित्सक थपेपछि बिरामीको चाप अस्पतालमा विगतको भन्दा धेरै बढेको हो ।

यस्तै प्रतिष्ठानका सूचना अधिकारी निशान दाजु भट्टराईले अस्पतालमा बितेको ४ महिनामा सामान्य र जटिल गरेर ९ सय भन्दा बढी महिलाले निस्शुल्क प्रसूति सेवा पाएको जानकारी दिए। उनका अनुसार हाल प्रतिष्ठानमा आएका सुत्केरी महिलाहरुको नर्मल डेलिभरी हुन नसकेको अवस्थामा दैनिक ६ देखि १२ जनाको शल्यक्रिया गरेर बच्चा निकालिँदै आएको छ ।

प्रतिष्ठानमा अहिले मात्रै दैनिक ओपीडीमा विशेषज्ञ चिकित्सकसँग देखाउने बिरामीको सङ्ख्या ७ सय भन्दा धेरै रहेको छ । प्रतिष्ठानका उपकुलपति डा। विकास लामिछानेले आफू नेतृत्वमा आएपछि प्रसूति सेवा नि.शुल्क गर्ने पहिलो निर्णय गरेका थिए ।

संम्बन्धित समचार

Leave a Reply