बञ्चरेडाँडामा फोहोर व्यवस्थापनमा तनाव: ३ जिल्लाका सिडियोसहित पालिका प्रमुखको बैठक

उपत्यकाबाट लगिएको फाहोर बञ्चरेडाँडामा फोहोर व्यवस्थापनमा तनाव सिर्जना भएपछि तीन वटा जिल्लाका प्रमुख जिल्‍ला अधिकारीहरू छलफलमा जुटेका छन्। काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालका अनुसार बुधबार दिउँसो नुवाकोटमा पर्ने ककनीमा छलफल भइरहेको हो ।

छलफलमा नुवाकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसाल र धादिङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल सहभागी छन्।

यस्तै, काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्याल, ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङ, धुनिवेशी नगरपालिकाका मेयर बालकृष्ण आचार्यलगायत जनप्रतिनिधि तथा केही स्थानीयहरूसँग छलफल भइरहेको हो। पछिल्लो समय काठमाडौंबाट लगेका फोहोर व्यवस्थापन गर्न त्यहाँका स्थानीयले अवरोध पुर्‍याइरहेका छन्।

 

संम्बन्धित समचार

Leave a Reply