भारतीय व्यवसायीलाई जलविद्युत र पर्यटन पूर्वाधारको क्षेत्रमा लगानी गर्न चन्द्र ढकालको आग्रह

भाद्र २,काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल भ्रमणमा रहेका भारतीय व्यवसायी प्रतिनिधिलाई नेपालको जलविद्युत र पर्यटन पूर्वाधारको क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा नेपाल भ्रमणमा आएका उत्कल चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री, उडिसाका प्रतिनिधि र नेपाली उद्योगी र व्यवसायीबीचको अन्तरक्रियालाई सम्बोधन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष समेत रहेका ढकालले यस्तो आग्रह गरेका हुन् ।

नेपालको जलविद्युत, सूचना प्रविधि र पर्यटन क्षेत्रमा लगानीको ठूलो सम्भावना भएको भन्दै ढकालले सो क्षेत्रमा लगानी गर्न व्यवसायीहरुलाई आह्वान गरेका हुन् । सोही अवसरमा ढकालले नेपाल दुई ठूला र उदीयमान अर्थतन्त्र बोकेका दुई देशको बीचमा रहेको हुनाले पनि नेपालको रणनीतिक स्थानले पर्याप्त बजार र लगानीको अवसर प्रदान गरेको उनले बताए ।

हामी दुई ठूला र उदीयमान अर्थतन्त्रका बीचमा छौं । भारत, चीन, ईयू र आंशिक रूपमा अमेरिकामा पनि नेपाली सामानलाई भन्सारमा सहुलियत छ । यहाँ लगानी गर्ने अधिकांश बहुराष्ट्रिय कम्पनीहरूले राम्रो नाफा कमाएका छन्’ कार्यवाहक अध्यक्ष ढकालले भने, ‘थप यहाँ लगानीको वातावरण छ ।’

उनले नेपाल भारतसँग विशेष ऐतिहासिक, सांस्कृतिक र धार्मिक सम्बन्ध रहेको बताउँदै भारतीय व्यापारी समुदायलाई नेपाली व्यापारी समुदायसँग पनि व्यापार सम्बन्ध विस्तार र सुदृढ गर्न सहज भएको बताए । ढकालले नेपालले भारतसँगको व्यापार र लगानी सम्बन्धलाई थप सुदृढ गर्दै भारतको आपूर्ति र मूल्य शृङ्खलालाई एकीकृत गरी दुवै देशले एक अर्काको फाइदा लिन सक्ने बताए । ढकालले भने, ‘नेपाली निजी क्षेत्र सधैं झैं भारतीय आर्थिक पुनरुत्थान र समृद्धिको हिस्सा बन्न आतुर छ । हामी हाम्रो द्विपक्षीय व्यापार सम्बन्ध र सहयोगलाई सुदृढ गर्न तयार छौं ।’

संम्बन्धित समचार

Leave a Reply