माओवादी केन्द्र पदाधिकारी टुंगो लगाउन बसेको बैठक निष्कर्ष विहीन

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ भाद्र ३, शुक्रबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

भाद्र ३, काठमाण्डौ । नेकपा माओवादी केन्द्रले पदाधिकारी टुंगो लगाउन भन्दै बोलाएको बैठक निष्कर्ष विहीन भएको छ । शुक्रबार बिहान पार्टी कार्यालय कोटेश्वरमा बसेको स्थायी कमिटी बैठकले पदाधिकारीसहित अन्य सांगठनिक संरचनालाई पूर्णता दिन असफल भएको हो ।

बैठकपछि प्रवक्ता कृष्णबहादुर महराले पदाधिकारीको विषयमा गम्भीर छलफल भएपनि निष्कर्ष निस्कन बाँकी रहेको बताए । शनिबार दिउँसो १ बजे पुनः बैठक बसेर यस विषयलाई टुंग्याइने उनको भनाइ छ।

ताजा अपडेट

खोजी गर्नुहोस