कोभिड–१९ को सङ्क्रमणबाट थप दुई जनाको मृत्यु

भाद्र ३,काठमाडौँ । नेपालमा कोभिड–१९ को सङ्क्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । योसँगै हालसम्म महामारीबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ९९२ पुगेको छ । नेपालमा कोभिड–१९ को मृत्यु दर १.२ प्रतिशत रहेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर २९९ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ४ हजार ३३७ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १८० तथा एन्टिजेन विधिबाट ११९ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यही अवधिका थप ५७७ जना निको पनि भएका छन् । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ४ हजार ६२५ पुगेको छ । यस्तै थप १८ हजार ६७० जनाले कोरोनाविरुद्धको खोप पनि लगाएका छन् ।

संम्बन्धित समचार

Leave a Reply