नेकपा एसको केन्द्रीय पर्यटन विभागले बुझायो पर्यटनमन्त्रीलाई ज्ञापन पत्र

भाद्र ३,काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) केन्द्रीय पर्यटन विभागले नेपाल सरकारका संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जिवनराम श्रेष्ठसंग भेटेर नेपालको पर्यटन क्षेत्रको समग्र बिकास र हाल विद्यमान रहेका समस्याहरु समाधान गर्न आबश्यक पहल गर्न ज्ञापन पत्र बुझाएको छ । बिभागका प्रमुख डा. राजेन्द्रमान श्रेष्ठको नेतृत्वमा विभागका सदस्यहरु भीमप्रसाद पन्त, दावा लोप्साङ तामाङ, दिनेश घिमिरे, चन्द्रबहादुर दाहाल, मदन आचार्य, डम्बर श्रेष्ठ र गंगाबहादुर शाहीले ज्ञापन पत्र बुझाएका हुन्।

उक्त ज्ञापन बुझाउदै, नेपालमा पर्यटनको व्यापक सम्भावना भएता पनि यहाँको भौगालिक संरचना, ऐतिहासिक, पुरातात्विक, साँस्कृतिक, धार्मिक सम्पदाहरु उचित संरक्षण, सम्बर्दन र बजारीकरण गर्ने कार्यमा पछि परेको कारण पर्यटनबाट नेपालले उचित लाभ लिन नसकिएको, क्रमिक रुपमा बिकास हुदै गएको नेपालको पर्यटक व्यवसाय कोरोना भाईरस (कोभिड–१९) र त्यसको बिभिन्न भेरियन्टरुको कारण संकटमा परेको, पर्यटन क्षेत्रका कैयौं व्यवसायीहरु व्यवसायबाट पलायन हुने अबस्थामा रहेको, पर्यटन क्षेत्रका श्रमिकहरुको अबस्था झनै दयानीय भएको, कोभिडको कारणबाट थिलथिलो भईरहेको अबस्थामा हाल सरकारले साना होटलहरुको नविकरण तथा सञ्चालनमा थपिदिएको झन्झटिलो नियमका कारण झनै संकटमा थपिएको हुदाँ नेपालको पर्यटनको समग्र विकास र हाल रहेका समस्याहरु समाधान गरि दिन विभागका प्रमुख डा. राजेन्द्रमान श्रेष्ठले मन्त्री मानन्धरलाई अग्रह गरे।

सोही क्रममा मन्त्री श्रेष्ठले नेपालमा पर्यटनको व्यापक सम्भावना रहेको र पर्यटनको विकासको लागि योजनाबद्ध तरिकाले अगाडी बढिरहेको बबताएका थिए । हाल विद्यामान रहेको समस्याहरु समाधान गर्न प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।

संम्बन्धित समचार

Leave a Reply