शनिबारे बिदामा जनताकै काममा व्यस्त मेयर ! उन्नत जातको बिउको लागि परामर्श गर्न पुगे गोदावरी

भाद्र ५,काठमाडौँ । नेपाल एक कृषि प्रधान देश हो। यहाँ रहेको हावा पानि र प्राकृतिक वातावरणले समेत नेपाललाई कृषि प्रधान देशको रुपमा चिनाउछ तर बिडम्बना देशको, कृषि प्रधान देश भएर पनि हरेक किसिमको बिउ बिजन, कृषि सामाग्री, लगाय सबै कुराहरु बिदेशबाट आयात हुन्छ । जसको कारण देश को अर्थतन्त्र कमजोर अवस्थामा छ। पछिल्लो समय नेताहरुले कृषिको बारेमा बेलकोटगढी नगरपालिका प्रमुख जगत बहादुर गुरुङ कार्यालय बिदाको समयमा विभिन्न खाले समस्या समाधान र सम्भावनाको खोजिको निम्ति खेतबारी ,फार्म र विभिन्न कृषि बिज्ञहरुसंग नियमित भेटघाट छलफल र अन्तरक्रियामा भेटिन्छन्। शनिबार खासमा आफ्नो व्यक्तिगत कामहरु हुन्छन् तर  गुरुङ हरेक बिदाको दिन पालिकाकै केही न केही बिषयमा छलफल गर्न कहीँ न कहीँ पुगेका हुन्छन् । नगरपालिकालाई सम्मृद्ध बनाउने उनको हुटहुटी बढ्दो क्रममा छ । यही सिलसिलामा उनि गोदावरी पुगेका हुन् ।

शनिबार मेयर गुरुङ ललितपुरको गोदावरी स्थित सर्वश्रेष्ठ बिउ उत्पादन केन्द्रका प्रमुख एवम् बिउ विशेषज्ञ प्रबेश श्रेष्ठसंगको भेटमा आफ्नो नगरपालिका बिशुद्द ग्रामीण नगरपालिका भएको साथै भुगोल र मौसमको हिसाबले धेरै भन्दा धेरै प्रकारका खाद्य बस्तुहरूको बिउ उत्पादन गर्न सकिने भएकोले नगरपालिका भित्र रहेका कृषक, कृषि फार्म, कृषि समुह र सहकारी सस्थाहरुसंग मिलेर पालिका भित्र नै आवश्यक बिउ-बिजन उत्पादनमा लाग्ने योजनामा रहेकोले तरकारी जन्य बस्तुको बीउ उत्पादनको निमित्त सर्वश्रेष्ठ सिडसंग प्राबिधिक सहयोगको लागि आग्रह गरेका थिए ।

सम्भावना बोकेको ठाउमा स्थानिय बेरोजगार युवाहरूलाई समेटेर बिदेशीने क्रममा रहेका युवालाई स्वादेशमै रोकि काम गर्ने वातावरण बनाउनको लागि प्राबिधिक सहयोग मात्रै चाहेकोले यसमा सहयोग गर्न आग्रह गरे। यहाँ उत्पादन हुन सक्ने बिउ बिजनको बारेमा अध्ययन अनुसन्धान गरि कृषकहरुलाई समय समयमा आवश्यक परामर्श गरिदिन आग्रह गरे । यसको लागि नगरपालिकाको तर्फबाट गर्नुपर्ने सबै कार्यहरूको लागि नगरपालिका तयार रहेको बताए । मेयर गुरुङले आउदो बर्षहरुमा बिउ बिजनहरु अन्यन्त्रबाट किन्नु पर्ने वातावरण अन्त्य गर्ने र बिस्तारै धान, गहु ,मकै ,कोदो र आवश्यक अन्य खाध्यन्न बालिको बिउ उत्पादनमा लाग्नु पर्ने आबस्यकता रहेको बताए । जसले गर्दा किसानले गुणस्तरीय बिउ प्रयोग गर्न पाउने र उत्पादनमा बृद्धि हुने र किसानको मुनाफाको सुनिश्चितता हुने बताए ।

मेयर गुरुङ भन्नु हुन्छ कृषिमा क्रान्ति बोलेर मात्रै नआउने र यसको लागि आधुनिकिकरण,यन्त्रिकरण मा लागेर गुणस्तरीय बिउ-बिजन र समयमा नै मलको व्यवस्थापन गरे मात्रै कृषि क्रान्ति हुनेछ र आफ्नो उदेश्य पनि नगरलाई कृषिमा आत्मनिर्भर बनाउने हो। यो उदेश्य पूरा हुने भएकोले यसमा सबैलाई लाग्न पनि अनुरोध गरे ।

संम्बन्धित समचार

Leave a Reply