असारे विकास अन्त्य गर्न सुझाव

भाद्र ६, काठमाडौ । स्थानीय शासन विज्ञहरूले असारे विकासको अन्त्य गर्न स्थानीय तहमा कार्यतालिकाअनुसार अब धमाधम काम थाल्न सुझाव दिएका छन् । आगामी २०८० सालको जेठसम्म कार्यतालिका बनाएर काम गर्दा स्थानीय तहमा असारे विकास रोक्न सकिने सुझाव उनीहरूको छ।

स्थानीय तहमा कार्यतालिकाअनुसार काम नहुँदा अन्तिम चौमासिक चैतदेखि असारसम्म करिब ८० प्रतिशत विकास निर्माणका काम हुँदै आएका छन्। आर्थिक वर्षका प्रारम्भ र मध्यतिर विकास निर्माणको काम सुस्त गतिमा मात्र हुने र आर्थिक वर्षको अन्तिम असारमा जसरी पनि बजेट सक्ने गरी हतारमा काम गर्ने प्रवृत्तिलाई असारे विकास भन्ने गरिएको छ ।

स्थानीय शासनविज्ञ एवं तत्कालीन जिल्ला विकास समिति महासङ्घ नेपालका पूर्वअध्यक्ष कृष्णप्रसाद सापकोटाले असारे विकास रोक्नका लागि सम्बन्धित पालिकाले साउनदेखि नै वार्षिक रूपमा कार्यतालिका बनाएर काम गर्नुपर्ने बताए ।

 

संम्बन्धित समचार

Leave a Reply