इन्जिनियर सुशान्त श्रेष्ठ काठमाडौं क्षेत्र नम्बर ५ बाट स्वतन्त्र उम्मेदवारी दिने

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७९ भाद्र ९, बिहिबार (१ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

भाद्र ९, काठमाडौं । इन्जिनियर सुशान्त श्रेष्ठ काठमाडौं क्षेत्र नम्बर ५ बाट स्वतन्त्र उम्मेदवारी दिने भएका छन् । एक साताअघि एमाले छाडेको घोषणा गरेका उनले आज रिपोटर्स क्लबमा उम्मेदवारीको घोषणा गर्न लागेका हुन् । यो निर्वाचन क्षेत्रबाट ७४ मा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल विजयी भएका थिए ।

नेकपा एमालेबाट वागमती प्रदेश सांसद गणेशप्रसाद दुलालको स्वकीय सचिव भइसकेका उनी केही दिनअघि राजीनामा बुझाएका थिए । श्रेष्ठले जर्मनको याकोब्स युनिभर्सिटी बाट इलेक्ट्रीकल इन्जिनियरिङ पूरा गरेका छन ।

ताजा अपडेट

खोजी गर्नुहोस