‘जनताको साथमा नेपाली कांग्रेस’ अभियान: महागढीमाई नगरपालिकामा बृहत कार्यक्रम सम्पन्न

भाद्र १५,बारा । ‘जनताको साथमा नेपाली कांग्रेस’ अभियान अन्तर्गत बुधबार बारा जिल्लाको महागढीमाई नगरपालिकामा बृहत कार्यक्रम सम्पन्न भएको छ । जिल्ला कार्यसमिति बाराद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय सदस्य रमेश रिजालले आउँदो मंसिर ४ गते हुने निर्वाचनमा आफ्ना उम्मेद्वारलाई विजयी बनाउने गरी होमिन कार्यकर्तालाई निर्देशन दिएका छन् ।

अहिले देशैभर नेपाली कांग्रेसको माहोल सौहार्दपूर्ण रहेकाले घरघरमा पुगेर कांग्रेसलाई जिताउने अभियानमा लाग्न रिजालले आग्रह गरेका हुन् । संघ र प्रदेशको निर्वाचनको मिति नजिकिँदै जाँदा नेपाली कांग्रेसले ‘जनताको साथमा नेपाली कांग्रेस’ अभियान नै चलाउँदै जनताको घरघरमा पुग्ने प्रयास गरिरहेको छ । कार्यक्रमका बीच केन्द्रीय सदस्य रिजाललाई महानगढीमाई नगरपालिकाका मेयर उपेन्द्र यादवले मायाको चिनो प्रदान गरेका थिए ।

कार्यक्रममा पार्टीका प्रदेश उपसभापति चन्द्रशेखर यादब, जिल्ला उपसभापति मनोज भट्ट, सचिव राजेश रौनियार, पूर्व सभापति भोला चौरसिया, पूर्व जिविस सभापति राजेन्द्र यादव, जय नारायण यादव लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण भैयाराम यादबले गरेका थिए ।

संम्बन्धित समचार

Leave a Reply