शेयर बजार आज पनि घट्यो !

भाद्र १७, काठमाण्डौ । शेयर बजार आज शुक्रवार पनि घटेको छ । हिजो बिहीवार एक दशमलव शून्य आठ अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज एक दशमलव ६७ अङ्कले घटेर एक हजार नौ सय ७० दशमलव ६३ अङ्कमा झरेको छ । आज जलविद्युत्, माइक्रोफाइनान्स र अन्य समूहको शेयर सामान्य बढेको छ भने निर्जीवन बीमा र उत्पादन समूहको शेयर २० अङ्कभन्दा धेरैले घटेको छ ।

नेप्से घटेको दिन कारोबार रकम पनि घटेको छ । दुई सय १९ वटा कम्पनीको १८ लाख एक हजार कित्ता शेयर ६९ करोड ८८ लाख रुपैयाँमा कारोबार भएको छन् । सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनीको १० करोड चार लाख रुपैयाँको शेयर किनबेच भयो ।

संम्बन्धित समचार

Leave a Reply