प्रतिनिधिसभाको कार्यकाल नलम्ब्याउने

भाद्र २०, काठमाण्डौ । सरकारले प्रतिनिधिसभाको कार्यकाल ‘लम्ब्याउने’ गरी ल्याएको ऐन संशोधन गर्ने विधेयक २०७९ लाई अघि नबढाउने भएको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव गरेका थिए । जसलाई बैठक स्वीकृत गरेको थियो ।

निर्वाचन आयोगले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनको उम्मेदवारको बन्दसूची नबुझाउँदासम्म मौजुदा प्रतिनिधिसभा र प्रदेश सभाको कार्यकाल रहने बताउँदै आएको छ ।

संम्बन्धित समचार

Leave a Reply