‘तिनछाङ्गे झरना’ को आकर्षण बढ्दो, कसरी जाने झरनासम्म ?

नौबिसे । पछिल्लो समय धादिङका विभिन्न पालिकामा आन्तरिक तथा स्थानिय पर्यटनको सम्भावना बोकेका झरनाहरु प्रचारमा आइरहेका छन् । सोही क्रममा धुनिवेशी नगरपालिका वडा नम्बर ७ को र्गुदुम र लिखुको बिचमा रहेको तिनछाङ्गे झरना पनि सुरुका केहि बर्षदेखि निकै चर्चामा रहेको छ । दक्षिणी धादिङकै उत्कृष्ट झरनाको रुपमा विकास हुँदै गएको तिनछाङ्गे झरना प्राकृतिक सुन्दरताले भरिपुर्ण छ । अग्लो स्थानबाट झरेको कञ्चन पानीको छङछङ बग्ने सो झरनाले कसको मन नलोभ्याउला र ? नौविसेदेखी वडा नम्बर ७ कै दोभानसम्म कच्ची सडकमा गाडीमा यात्रा गर्न सकिने र त्यसपछि २० देखि ३० मिनेटमा हिँडेर झरना पुग्न सकिन्छ ।

नगरपालिकाले बनाएको नौविसे–दोभान हुँदै लिखु,गुरदुम सडक सोही झरना हुँदै गएको छ । दैनिक दर्जनौ मानिस सो झरनामा नुहाउन र मनोरञ्जन लिन पुग्ने गरेको स्थानीय बताउछन् । झरना संरक्षण थप प्रचारप्रसार र विकासको लागी नगरपालिकाले योजना बनाइरहेको नगरपालिका प्रमुख बालकृष्ण आचार्यले बताए । नगरप्रमुख आचार्यले धादिङको विभिन्न पर्यटकिय क्षेत्रमध्ये तिनछाङ्गे झरना पनि आन्तरिक पर्यटनको महत्वपुर्ण गञ्तव्य हुन सक्ने बताएका छन् । उनले झरनाको विकास,संरक्षणको लागी नगरपालिकाबाट योजनाहरु बनाइरहेको बताए ।

ट्रेकिङको पनि मज्जा लिन सकिन्छ

खासगरी धुनिवेशी नगरपालिका पर्यटकिय दृष्टिकोणले अत्यन्तै सम्भावना बोकेको ठाँउ हो । अग्ला पहाड, कञ्चन झरना र विभिन्न खोँच, समथर भुभाग, प्राकृतिक तथा ऐतिहासिक मन्दिर गुफाको अवलोकन गर्न पाउदा मनै रोमाञ्चित बनाउछ । राजधानीसंग जोडिएको धुनिवेशी नगरपालिकाको लिखु,गुरदुम,धुसेनी,मजुवा,तोप्लाङको यात्रा गर्दा ट्रेकिङको खुब मज्जा लिन सकिन्छ । यतीमात्रै होइन यहाँको स्थानीय जिवन,खेतीपाती, संस्कृतिका विषयमा अवलोकन गर्न पाइन्छ । यहाँ बाह्ै महिना शितलता, पानीका मुहान सदाबहार पानी आउने गर्दछन् । धुँवा, धूलोबाट मुक्ती पाउन तथा शान्त वातावरणमा घुमन यहाँ निकै उत्साह जनक रहेको छ ।

नौविसेबाट उकालो लाग्दै दोभान ,तिनछाङ्गे झरना,र्गुदुम,लिखु,मजुवा हुँदै तोप्लाङ र त्यसपछि पनि यात्रा अघि बढाउने हो भने मकवानपुर र धादिङको सिमानामा रहेको मनकामना मन्दिर हुँदै थाहा नगरपालिकाको बज्रबाराहीसम्म पुग्न सकिन्छ । यसैलाई लामो रुटको ट्रेकिङ रुट बनाउने हो भने बज्रबाराहीबाट पालुङ–दामन हुँदै महाभारतको अग्लो पर्वत सिमभञ्ज्याङ सम्म पुग्न सकिन्छ । जसले एउटा अविस्मरणिय ट्रेकिङ यात्रा बन्न सक्छ ।

आन्तरिक पर्यटन प्रर्बद्धनमा धुनिवेशी नगरपालिका र थाहा नगरपालिकाले संयुक्त योजना बनाइ ट्रेकिङको रुट व्यवस्थापन पर्यटकलाई ठाँउठाँउमा रेष्टसहित विभिन्न स्वादको परिकार,ठाँउठाँउमा रिसोर्ट र पदमार्गको सही डिजाइन गर्न सके यो ट्रेकिङ रुट राजधानीसहित नजिकका शहरहरुमा लोकप्रिय हुने विश्वास गर्न सकिन्छ ।

काठमाडौँबाट कसरी पुग्ने त भरनासम्म ?

काठमाडौंको कलंकीबाट धादिङ जिल्लातिर २५ किमिको दुरीमा रहेको यस झरनासम्म पुग्न त्रिभुवन राजपथ र पृथ्वि राजमार्गको संगम विन्दु नौविसे चोकबाट १०० मिटर पालुङपट्टि लाग्नु पर्दछ । नौविसे चोकबाट अघि बढेपछि देब्रेतर्फ लाग्ने कच्ची बाटो तर्फ मोडिनुपर्छ ।

कच्ची बाटैबाटो अगाडि बढ्दा करिव ३ किमि पछि दोभान भन्ने ठाउँमा पुग्न सकिन्छ । तपाई मोटरसाइकलबाट यात्रा गर्दै हुनुहुन्छ भने दोभानको विद्यालय नपुग्दै दाहिनेतिर उकालो बाटोमा मोडिएर तपाई त्यहि बाटो झरना सम्म नै पुग्न सक्नुहुन्छ ।

 

संम्बन्धित समचार

Leave a Reply