वीरगञ्जमा मेयर घरदैलो स्वास्थ्य कार्यक्रम सञ्चालन

-दिपु वर्णवाल

भाद्र २६,विरगञ्ज। वीरगञ्ज महानगरवासी स्वस्थ्य रहुँन, निरोगी रहुँन भन्ने उद्देश्यले आइतबारदेखि वीरगञ्जमा मेयर घरदैलो स्वास्थ्य कार्यक्रम सञ्चालनमा आएको छ । वीरगञ्ज महानगरपालिकाको वडा नम्बर ३० लालपर्साबाट सुरु गरिएको स्वास्थ्य कार्यक्रममा गर्भवती महिलाको परीक्षण, प्याथोलोजी ल्याब, गर्भवती महिलाको लागि भिडियो एक्सरे, जेनरल परीक्षण, ईसिजी सेवा सहित निशुल्क औषधी समेत वितरण गरिने मेयर राजेशमान सिंहले बताए ।

महानगरको स्वास्थ्य शाखा अनुसार मेयर घरदैलो कार्यक्रममा एमबीबीएस चिकित्सक सहित २५ जना स्वास्थ्यकर्मीको टिम रहेका छन् ।

महिलाले स्वास्थ्य समस्य सजिलै स्वास्थ्यकर्मीलाई भन्न सकुन भनेर चिकित्सक र स्वास्यकर्मी पनि महिलानै राखिएको महानगरका मेयर राजेशमान सिंहले जनाए । चिकित्सकको सिफारिसमा महिलाहरुलाई पोसिलो खानाको समेत व्यवस्था गरिएको छ । स्वास्थ्य चौकी मै सबै सेवा उपलब्ध हुन्छ भन्ने जानकारी गराउन पनि महानगरले यो अभियान सञ्चालन गरेको मेयर सिंहले बताए ।

कार्यक्रममार्फत ९८ किसिमको औषधिसमेत वितरण हुने स्वास्थ्य शाखा प्रमुख रितेश जैसवालले जानकारी दिए। उनका अनुसार महानगरपालिकाको मोबाइल सेवा ल्याबबाट विभिन्न किसिमको रोगको परीक्षणसँगै निःशुल्क औषधि वितरण गर्न थालिएको छ।

‘मेयर घरदैलो स्वास्थ्य कार्यक्रम’मार्फत आइतबारदेखि बिहीबारसम्म बिहान ९ बजेदेखि ५ बजेसम्म चेकजाँच हुनेछ। कार्यक्रममा वीरगन्ज महानगरपालिकाको चिकित्सक र स्वास्थ्यकर्मीहरू परिचालन गरिएको छ। वडा नम्बर ३० का अध्यक्ष मनोज यादवको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभा सदस्य जन्नत अन्सारीलगायत सहभागी भएका थिए।

प्रत्येक वडावासीले यो सेवा लिने हुनेमा महानगरपालिकाले विश्वास लिएको छ ।

संम्बन्धित समचार

Leave a Reply