पाकिस्तानलाई हराउँदै श्रीलंका एसिया कप च्याम्पियन

भाद्र २७, काठमाण्डौ । पाकिस्तानलाई २३ रनले पराजित गर्दै श्रीलंका एसिया कप २०२२ को च्याम्पियन बनेको छ । आइतबार भएको फाइनल खेलमा जितका लागि १ सय ७१ रन पछ्याउने क्रममा २० ओभरमा १ सय ४७ रन बनाएर पाकिस्तान अलआउट भएको थियो ।

त्यसमा मोहम्मद रिजवानले सर्वाधिक ५५ रन बनाए पनि जितका लागि भने यो पर्याप्त रहेन । उनले ४९ बलको सामना गर्दै चार चौका र एक छक्का प्रहार गरे । यस्तै इफ्टिकर अहमदले ३१ बलमा ३२ रन बनाए । श्रीलंकाली बलरमध्ये वानिन्दु हरसंगाले २७ रन दिएर चार विकेट लिए ।

संम्बन्धित समचार

Leave a Reply