प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा २ लाख ९६ हजार सुरक्षाकर्मी परिचालन गर्ने

भाद्र २७, काठमाण्डौ । केन्द्रीय सुरक्षा समितिले मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा २ लाख ९६ हजार सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेको छ । आइतबार सिंहदरबारमा गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको बैठकमा सहभागी एकजना उच्च अधिकारीले बताए ।

सुरक्षा समितिले स्वीकृत गरेको ‘एकीकृत प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन विशेष सुरक्षा योजना’ अनुसार निर्वाचनमा १ लाख १५ हजार म्यादी प्रहरी, ३५ हजार सशस्त्र प्रहरी, ७१ हजार नेपाल प्रहरी र ७५ हजार सैनिक परिचालित हुनेछन् ।

संम्बन्धित समचार

Leave a Reply