युवराज भण्डारीको गीतमा प्रविण र रचनाको स्वर (भिडियो)

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७९ भाद्र २७, सोमबार (१ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

काठमाडौं– गीतकार युवराज भण्डारीको शब्द रचनामा एउटा सुमधुर प्रेम गीत सार्वजनिक भएको छ । गायक प्रविण बेडवाल तथा गायिका रचना रिमालको स्वर रहेको ‘तिम्रो आँखामा’ बोलको युगल गीतलाई राजेश थापाले संगीतबद्ध गरेका छन् । फणीन्द्र राई यो गीतका संगीत संयोजक हुन् ।

काठमाडौंको ए–वान म्युजिसियन स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतको रेकर्डिङ राजेश श्रेष्ठले गरेका हुन् भने ध्वनि सम्पादन किशोर थापाले गरेका छन् । वाई बी कृयसनले सार्वजनिक गरेको यस गीतको भिडियोमा गायक, गायिका तथा वाधवादकहरूको अभिनय देख्न सकिन्छ । बिनोद बमको निर्देशन तथा सम्पादन रहेको भिडियो केशव अधिकारीले छायांकन गरेका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस