भारतमाथि ऐतिहासिक जित निकाल्दै नेपाल फाइनलमा !

असोज १, काठमाण्डौ । साफ महिला च्याम्पियनशिप अन्तर्गत दोस्रो सेमिफाइनलमा नेपालले भारतलाई हराउँदै फाइनलमा पुगेको छ । दशरथ रङ्गशालामा भएको खेलमा नेपालले भारतलाई एक–शून्य गोलले हरायो । नेपालका लागि रश्मीकुमारी घिसिङले पहिलो हाफको इन्ज्युरी समयमा गोल गरिन् । घिसिङले प्रिती राईको क्रसलाई पेनाल्टी क्षेत्रबाट गोलमा परिणत गरिन् ।

भारतमाथि नेपालको यो ऐतिहासिक जित हो । नेपालले साफ महिला इतिहासमा भारतमाथि पहिलो जित निकालेको हो । योसँगै नेपाल पाँचौँ पटक फाइनलमा पुग्दा भारत भने पहिलो पटक फाइनल पुग्न सकेन । भारत यसअघिका सबै संस्करणको विजेता हो । भारतको हारसँगै प्रतियोगिताले नयाँ साफ महिला च्याम्पियन पाउनेछ । नेपालले जारी प्रतियोगितामा अहिलेसम्म हार बेहोरेको छैन । समूह चरणका सबै खेल जितेर नेपाल सेमिफाइनलमा प्रवेश गरेको थियो ।

अब नेपालले फाइनलमा बङ्ग्लादेशसँग खेल्नेछ । आजै भएको पहिलो सेमिफाइनलमा भुटानलाई आठ–शून्य गोलले हराउँदै बङ्ग्लादेश फाइनलमा पुगेको हो । फाइनल खेल सोमवार बेलुकी ५ बजे सुरु हुनेछ ।

संम्बन्धित समचार

Leave a Reply