२० वर्षमुनिको एसियन कप छनोटमा नेपालले आज बङ्गलादेशसँग खेल्दै

असोज २, काठमाण्डौ । २० वर्षमुनिको एसियन कप छनोटमा नेपालले आज बङ्गलादेशसँग खेल्दैछ । छनोटमा नेपालले आज चौथो तथा अन्तिम खेल खेल्न लागेको हो । खेल बहराइनको शेख अलि बिन मोहमद अल खालिफा मैदानमा राति पौने ९ बजे सुरु हुनेछ । नेपालले यसअघिका तीन खेलमा लगातार हार ब्यहोरेको छ ।

नेपाल प्रतियोगिताबाट बाहिरिसकेको छ । नेपाल पहिलो खेलमा भुटानसँग २–०, दोस्रो खेलमा कतारसँग ३–१ र तेस्रो खेलमा आयोजक बहराइनसँग ६–० गोलले पराजित भएको थियो ।

संम्बन्धित समचार

Leave a Reply