काठमाण्डौको गोठाटारमा गोली लागेका मोहम्मदको ज्यान गयो

असोज ४, काठमाण्डौ । काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिका–८, गोठाटारमा गोली लागेर गम्भीर घाइते भएका लाल मोहम्मदको उपचारका क्रममा ज्यान गएको छ । सर्लाहीको हरिवन नगरपालिका–२ का ५५ वर्षीय मोहम्मदलाई हिजो बेलुका गोली लागेको थियो । टाउको र तिघ्रामा गोली लागेपछि त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज लगिएका मोहम्मदको उपचारका क्रममा ज्यान गएको हो ।

जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भरतबहादुर बोहरा र काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख जनक भट्टराईलगायतको टोली गोली हान्ने व्यक्तिको खोजी र घटनाको अनुसन्धानका लागि खटिएको छ ।

 

संम्बन्धित समचार

Leave a Reply