मुख्यमन्त्री पाण्डेद्धारा गल्छि र मलेखु तेक्वान्दो डोजाङलाई खेल सामाग्री बितरण

असोज ५, धादिङ । धादिङको गल्छि र मलेखु तेक्वान्दो डोजाङलाई तेक्वान्दो खेल सामाग्री बितरण गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेको उपस्थितीमा डोजाङ प्रमुख सुब्बा श्रेष्ठलाई सामाग्री बितरण गरिएको हो ।

गल्छि तेक्वान्दो डोजाङलाई चेस्ट गार्ड ३ सेट, हेड गार्ड २ वटा र गोईङ गार्ड २ वटा प्रदान गरिएको हो भने मलेखु तेक्वान्दो डोजाङलाई चेस्ट गार्ड ४ सेट, हेड गार्ड २ वटा र गोईङ गार्ड २ वटा लगायतका सामानहरु बितरण गरिएको गल्छि तेक्वान्दो डोजाङका प्रमुख सुब्बा श्रेष्ठले जानकारी दिए ।

हस्तान्तरण कार्यक्रममा मुख्यमन्त्री पाण्डेले खेल जगत् निकै सुन्दर क्षेत्र भएकाले यसमा लागेका सबैलाई निरन्तरता दिन आग्रह गरे । खेल क्षेत्रको लागी बागमती प्रदेश सरकार सदैव सकारात्मक रहेको समेत पाण्डेले बताए ।

संम्बन्धित समचार

Leave a Reply