स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतका दुई कर्मचारीको सरुवा

असोज ५, काठमाडौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतका दुई कर्मचारीको सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्य सेवा अन्तर्गतका डा श्रीराम तिवारी र डा विश्वबन्धु बगालेको सरुवा गरेको हो ।

डा तिवारी गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव थिए। उनलाई संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा तानिएको छ। यस्तै डा बगालेलाई गण्डकी प्रदेशको स्वास्थ्य सचिवमा पठाइएको छ । यसअघि उनी किटजन्य रोग अनुसन्धान केन्द्रमा निर्देशक थिए । डा बगालेलाई केही समयअघि भरतपुर अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा सरुवा गरिए पनि उक्त सरुवा रोकिएको थियो ।

संम्बन्धित समचार

Leave a Reply